अन्याय र गलत तरिकाले अर्काको माल खानु

अन्याय र गलत तरिकाले अर्काको माल खानु

अन्याय गरेर कसैको अलिकति पनि धन-सम्पत्ति कब्जा गर्नु ठूलो पाप हो।

अन्याय र अत्याचार अति घृणित कार्य हो त्यसैले इस्लामले यसलाई अवैध गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अन्याय नगर, यसको ठूलो परिणाम कयामतको दिन चुकाउनु पर्नेछ।” (श्रोत- बुखारी : २३१५, मुस्लिम : २५७९) गलत तरिकाले कसैको धन-सम्पत्ति कब्जा गर्नु ठूलो पाप हो र यस्ता व्यक्तिहरुले ठूलो सजायको भागेदार बन्नु पर्नेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “यदि कसैले कसैको एक बित्ता जग्गा मिचेर अन्याय गर्यो भने कयामतको दिन उसको गर्धनमा धरतीका सात तह बराबर जमीन झुण्डाइनेछ।” (श्रोत- बुखारी : २३२१, मुस्लिम : १६१०)

 

कारोबारमा अन्यायका उदाहरणहरु-

  1. १- बाध्य तुल्याउनु- कारोबारमा कुनै किसिमको जबरजस्ती जायज छैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “कारोबार आपसी राजीखुशीले हुन्छ।” (श्रोत- इब्ने माजा : २१८५)
  2. २- धोका र विश्वासघात- मानिसलाई धोका दिएर गलत तरिकाले पैसा कमाउनु अवैध छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले हामीलाई धोका दियो, ऊ हामीबाट विमुख भयो।” (श्रोत- मुस्लिम : १०१) एक दिन रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बजारतिर जानु भयो। त्यहाँ अनाजको ठूलो थुप्रो थियो। उहाँले आफ्नो हात त्यसभित्र हाल्नु भयो, त्यसमा भिजेको अनाज पाउनु भयो र व्यापारीलाई सम्बोधन गर्दै भन्नु भयो… “यो के हो ?” उसले जवाफ दियो… रति पानी परेकोले अलि भिजेको छ। उहाँले भन्नु भयो… “ग्राहकले देख्ने गरी किन अनाजमाथि राखेनौ ?” अनि भन्नु भयो… “जसले हामीलाई धोका दियो, ऊ हामीबाट विमुख भयो।” (श्रोत- तिर्मिजी : १३१५)
  3. कानूनसँग खेलवाड गर्नु- मानिसको माल खानलाई आफ्नो चलाखीले कानूनको सहारा लिनु र न्यायाधीशको आँखामा छारो हालेर आफ्नो पक्षमा निर्णय गराउनु, तर न्यायाधीशको फैसलाले सत्यलाई असत्य पार्न सक्दैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “म एउटा मानिस हुँ, तिमीहरु आफ्नो झगडा लिएर आउँछौ। कोही एकदम चतुर हुन्छ, यदि मैले उसको कुरा सुनेर गलत निर्णय गरेँ भने उसको लागि त्यो धन-सम्पत्ति कहिल्यै वैध हुँदैन, किनकि मैले उसको लागि आगोको टुक्रा निर्णय गरेको छु।” (श्रोत- बुखारी : ६७४८, मुस्लिम : १७१३)
  4. – घूस लिनु-दिनु– व्यक्तिगत स्वार्थ वा आफ्नो पक्षमा गलत निर्णय गराउनको लागि अनुचित रुपले दिइने धन वा रकमलाई घूस भनिन्छ। यो सबैभन्दा घृणित कार्य र महापाप हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले घूस लिने-दिने दुवै पक्षहरुलाई धिक्कार्नु भएको छ। (श्रोत- तिर्मिजी : १३३७)

जुनसुकै समुदायमा घूसखोरी बढ्छ, त्यसको मुलुकी व्यवस्था छियाँ-छियाँ हुन्छ तथा त्यस समुदायको विकास, समृद्धि र उन्नति कहिल्यै पनि सम्भव हुँदैन।

इस्लाम पूर्व कसैको माल हडपेको छ भने उसले के गर्नु पर्छ?

यदि कसैले इस्लाम ल्याउनु पूर्व कसैको माल हडपेको छ र हकदार व्यक्तिलाई चिन्दछ र फिर्ता गर्दा जीउज्यानको खतरा छैन भने त्यो माल फिर्ता गर्नु पर्छ।

’cause इस्लामले अन्यायलाई हरेक अवस्थामा अवैध गरेको छ र नासोलाई उसको मालिकसम्म पुर्याउने आदेश दिएको छ। त्यसैले त्यसलाई फर्काउनु अनिवार्य छ। अल्लाहले भन्नु भएको छ… “अल्लाहले तिमीहरुलाई ‘अमानत’ (नासोहरु) तिनका हकदारलाई सुम्पिने आदेश दिनु भएको छ।” (श्रोत- सूरह अन्-निसा : ४/५८)

यदि हकदारको ठेगाना थाहा छैन भने त्यसलाई कुनै समाज कल्याण कोषमा खर्च गर्नु पर्छ।