अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्था राख्नु (ईमान’ का ६ वटा आधारहरु)

अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्थाको अर्थ-

सिङ्गो संसारकै मालिक, सृष्टिकर्ता र अन्नदाता अल्लाह नै हुन्। जीवन-मरण र नाफा-नोक्सान उहाँकै हातमा छ। सर्वाधिकार उहाँकै हो र हरेक कार्यमाथि उहाँ नै सामर्थ्य हुनुहुन्छ। यी सम्पूर्ण विशेषताहरुमा कोही उहाँको साझेदार छैनन् भन्ने कुरालाई दृढतापूर्वक स्वीकार गर्नु पर्छ।

अल्लाहलाई आफ्नो कार्यमा एक्लो ठानेर निम्न लिखित कुराहरुमाथि आस्था राख्नु पर्छ…

अल्लाह नै यो सिङ्गो संसार र यसमा भएभरका सम्पूर्ण चीजबीजहरुका सृष्टिकर्ता हुन् र उहाँ बाहेक अरु कोही सृष्टिकर्ता छैन। अल्लाहले भन्नु भएको छ… “अल्लाह नै सम्पूर्ण चीजहरुका सृष्टिकर्ता हुन्।” (श्रोत- सूरह अज्-जुमर : ३९/६२)

मानिसको कारिगरी भनेको कुनै कुरालाई रुपान्तर गर्नु वा यताउताबाट बटुलेर एकत्रित गर्नु र मिलाउनु मात्र हो। नजन्मेकालाई जन्म दिनु र मरेकालाई पुनः जीवित पार्नु वा सृष्टि गर्नु पक्कै पनि होइन।

उहाँ नै सम्पूर्ण प्राणीहरुका अन्नदाता हुन्। उहाँ बाहेक अरु कोही अन्नदाता छैन। अल्लाहले भन्नु भएको छ… “धरतीमा घस्रेर हिंड्ने, रिङने र फुर्र-फुर्र उड्ने सबै प्राणीको आहार अल्लाहकै जिम्मामा छ।” (श्रोत- सूरह हूद : ११/६)

उहाँ नै सम्पूर्ण चीजहरुका असल मालिक हुन्। उहाँ बाहेक असल मालिक कोही छैन। अल्लाहले भन्नु भएको छ… “आकाशहरु, पृथ्वी र त्यसमा रहेका सम्पूर्ण चीजहरुका मालिक अल्लाह नै हुन्।” (श्रोत- सूरह अल्-माइदा  : ५/१२०)

उहाँ नै सम्पूर्ण कुराहरुका प्रबन्धक हुन्। उहाँ बाहेक अरु कोही प्रबन्धक छैन। अल्लाहले भन्नु भएको छ… “आकाशदेखि धरतीसम्मका प्रबन्ध उहाँ नै मिलाउनु हुन्छ।” (श्रोत- सूरह अस्-सज्दा : ३२/५)

मानिसले मिलाउने प्रबन्ध र जीविकाको चाँजोपाँजो एकदमै सीमित छ। ऊ आफ्नो शक्ति भन्दा बढी केही पनि गर्न सक्दैनन्। उसको प्रबन्ध कहिले सफल हुन्छ त कहिले असफल। तर अल्लाहको प्रबन्धमा सम्पूर्ण संसार समावेश भएको छ। त्यो कहिल्यै पनि असफल हुनै सक्दैन। कार्यान्वयन योग्य छ, न कुनै कुराले त्यसलाई छेक्छ न बाधा अड्चन आउँछ। अल्लाहले भन्नु भएको छ… “सावधान ! सृष्टि गर्ने हैसियत र आदेश जारी गर्ने सर्वाधिकार उहाँकै लागि हो। अल्लाह मंगलमय, सर्वश्रेष्ठ र सम्पूर्ण जगतका मालिक हुन्।” (श्रोत- सूरह अल्-आ’राफ : ७/५४)

रसूलको युगमा अरबका मुश्रिकहरु अल्लाहको प्रभुत्वमाथि विश्वास गर्दथे-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जमानामा अरबका मुश्रिकहरु अल्लाह नै सृष्टिकर्ता, मालिक तथा प्रबन्धक हुन् भन्ने कुरालाई स्वीकार गर्दथे तर यसले उनीहरुलाई इस्लाममा प्रवेश गराउन सकेनन्। अल्लाहले भन्नु भएको छ… “आकाशहरु र धरतीका सृष्टिकर्ता को हुन् ? सोध्नु हुन्छ भने ’emले अवश्य जवाफ दिनेछन्, अल्लाह नै हुनुहुन्छ।” (श्रोत- सूरह लुक्मान : ३१/२५)

जब सारा संसारको सृष्टि गर्ने, पालनपोषण गर्ने, संहार गर्ने सबै अधिकार एउटै ईश्वर अल्लाहको हातमा छ भने उपासना पनि बिना कुनै साझेदार उहाँको नै हुनुपर्छ होइन र ?

यो कसरी सम्भव छ कि मानिसले अल्लाहलाई सृष्टिकर्ता, मालिक, प्रबन्धक, मार्ने र जीवित पार्ने स्वीकार्छ, तै पनि उपासनाका केही अंशहरु अल्लाह बाहेक अरुको लागि गर्दछ ? यो त सरासर अन्याय र महापाप हो। त्यसैले लुक्मानले आफ्नो छोरालाई सम्झाउदै भन्नु भएको थियो… “हे छोरा ! अल्लाहसँग कसैलाई साझेदार नबनाऊ है, ’cause साझेदारी (शिर्क) गर्नु महापाप हो।” (श्रोत- सूरह लुक्मान : ३१/१३)

जुन बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोधियो… अल्लाहको दृष्टिमा महापाप के हो ? उहाँले जवाफ दिनु भयो… “अल्लाहले तिमीलाई सृष्टि गर्नु भएको छ, तै पनि तिमी उहाँको लागि प्रतिद्वन्दी ठहर गर्छौ।” (श्रोत- बुखारी : ४२०७, मुस्लिम : ८६)

अल्लाहमाथिको चोखो आस्थाले तनमनलाई शान्ति प्राप्त हुन्छ-

भाग्य विधाताले हाम्रो भाग्यमा जे कोर्नु भएको छ, त्यसलाई कसैले पनि मेटाउन सक्दैन, ’cause भाग्यको साँचो उहाँकै हातमा छ, उहाँ जे चाहनुहुन्छ फेरबदल गर्नुहुन्छ, उहाँ नै सृष्टिकर्ता हुन् र उहाँ बाहेक सबै असहाय र सृष्टि हुन्। सबै सर्वाधिकार उहाँकै हातमा छ। उहाँ बाहेक अरु कोही सृष्टिकर्ता, पालनकर्ता र प्रबन्धक छैनन्। उहाँको आज्ञा बिना कुनै पनि कण आफ्नो ठाउँबाट यताउता सर्दैन न नै स्थिर रहन्छ, भन्ने पूर्ण आस्थाले मानिसको मुटुमा अल्लाहमाथिको निश्चल आस्था पलाउँछ। जीवनको पाईला-पाईलामा उहाँमाथि भरोसा र हरेक प्रकारको परिवर्तनसँग संघर्ष गर्ने आँट हुन्छ। आफूले गर्न सक्ने सम्पूर्ण प्रयास, संघर्ष, दुआ गरेर पनि आफूले मन पराएको, चाहेको वा खोजेको कुरा प्राप्त हुन सकेन भने पनि ऊ दु:खी हुँदैन। अरुले पाएको खण्डमा इर्ष्या र डाह पनि गर्दैन, किनकि हरेक कुराको सर्वाधिकार अल्लाहकै हातमा छ। उहाँ जे चाहनुहुन्छ गर्नुहुन्छ।