इस्लामपछिको पारिवारिक जीवन

तपाईको घरपरिवार र छरछिमेक

नयाँ मुस्लिमले इस्लाममा पाईला टेकेको दिनदेखि नै मुस्लिम, गैर-मुस्लिम, परिचित-अपरिचित, नातेदार, नजिकका वा टाढाका व्यक्तिहरुसित भद्र व्यवहार गर्नु पर्छ र आफ्नो सम्बन्ध गाढा बनाउनु पर्छ। ’cause इस्लामले कहिल्यै पनि साथीभाइ सबैबाट अलग भएर एक्लै बस्न भन्दैन।

मानिसहरुसित परोपकार, उच्च व्यवहार र सदभाव नै इस्लामको असल परिचय र आह्वान हो। यसैलाई पूर्णता दिन अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई सन्देष्टा बनाएर पठाउनु भएको थियो।

उच्च स्वभाव र आदर्श व्यवहारलाई कार्यान्वयन गर्न घरपरिवार नै पहिलो खुड्किलो हो। (आचरण ’bout अधिक जानकारीको लागि अध्याय-११ पृष्ठ न० २१० हेर्नुहोस्)

नयाँ मुस्लिमको सहजताको लागि खानदान र घरपरिवारसँग सम्बन्धित केही इस्लामि सिद्धान्तहरु निम्न लिखित छन्।

इस्लामपछिको पारिवारिक जीवन  

श्रीमान र श्रीमती दुवैको एकैसाथ इस्लाम ग्रहण…

यदि श्रीमान र श्रीमती एकै साथ इस्लाम स्वीकार गर्छन् भने नयाँ विवाह (निकाह) गर्नु पर्दैन बरु त्यही पुरानो सम्बन्धलाई सुमधुर बनाउनु पर्छ।

तर निम्न अवस्थामा सम्बन्ध विच्छेद गर्नु पर्छ…

  1. १) यदि कसैले महरम (अवैध स्त्री)  जस्तै… आफ्नै आमा, दिदीबहिनी, फुपू वा सानीमासँग विवाह गरेको छ भने इस्लाम ल्याउने बित्तिकै अनिवार्य रुपमा सम्बन्ध विच्छेद गर्नु पर्छ। (यस ’bout अधिक जानकारीको लागि अध्याय १० पृष्ठ न० १९० हेर्नुहोस्)  
  2. २) यदि कसैले श्रीमती र साली वा श्रीमती र उसकी फुपू वा श्रीमती र उसकी सानीमालाई एकसाथ वैवाहिक बन्धनमा राखेको छ भने अनिवार्य रुपमा एउटालाई तलाक दिनु पर्छ।  
  3. ३) यदि कसैले चार भन्दा अधिक स्त्रीहरुसँग विवाह गरेको छ र श्रीमानको साथमा सम्पूर्ण श्रीमतीहरुले इस्लाम आत्मसात गर्छन् भने मात्र ४ स्त्रीहरुलाई राख्न सक्छ र बाँकीलाई अनिवार्य रुपमा तलाक दिनु पर्छ।