इस्लाममा आचरणको स्थान

इस्लाममा आचरणको स्थान

  1. १- आचरणको निर्माणकै लागि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई पठाईएको थियो…

अल्लाहले भन्नु भएको छ… “उहाँले नै अनपढहरुमा उनीहरुमध्येबाट एउटा रसूल पठाउनु भयो, जसले उनीहरुलाई कुरआन पढेर सुनाउनु हुन्छ र शुद्धिकरण गर्नुहुन्छ।” (श्रोत- सूरह अल्-जुमुआ : ६२/२) अल्लाहले आफ्नो रसूललाई पठाएर मानवमाथि ठूलो उपकार गर्नु भएको छ, किनकि उहाँद्वारा नै मानिसहरुको शुद्धिकरण भयो। उहाँले मनिसहरुलाई शिर्क, इर्ष्या र नराम्रो स्वभावबाट पवित्र पार्नु भयो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो उद्देश्यलाई प्रष्ट पार्दै भन्नु भएको छ… “उच्च आचरणकै शिक्षा दिनको लागि मलाई पठाईएको छ।” (श्रोत- बैहिकी : २१३०१) उहाँको प्रमुख उद्देश्य नै व्यक्ति र समाजलाई उच्च आचरणको शिक्षा प्रदान गर्नु हो।

  1. २-  आचरण, आस्था र विश्वासको अभिन्न अङ्ग हो-

आचरणको निर्माणकै लागि मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई पठाईएको थियो। .

जुन बेला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोधियो… आस्थावानहरुमध्ये कुन आस्थावान उत्कृष्ट हो ? उहाँले जवाफ दिनु भयो… “असल आचरणले भरिपूर्ण आस्थावान।” (श्रोत- तिर्मिजी : ११६२, अबु-दाऊद : ४६८२)

अल्लाहले आस्थालाई पुण्य घोषित गर्दै भन्नु भएको छ… “पूर्व वा पश्चिमतिर मुख फर्काउनु पुण्य होइन, तर अल्लाह, कयामतको दिन, ग्रन्थ, फरिश्ता र सम्पूर्ण रसूलहरुमाथि विश्वास गर्नु नै ठूलो सत्कर्म हो।” (श्रोत- सूरह अल्-बकरह : २/१७७) पुण्यले हरेक किसिमको आचरण र बचनका सम्पूर्ण क्रियाकलापहरूलाई समेटेको छ। त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “असल आचरण नै पुण्य हो।” (श्रोत- मुस्लिम : २५५३)

यो कुरा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाईबाट अझ प्रष्ट हुन्छ, उहाँले भन्नु भएको छ… “आस्थाका साठी भन्दा अधिक शाखाहरु छन्; ‘ला इलाहा इल्लल्लाह’ को घोषणा गर्नु सबभन्दा उत्तम र ‘सार्वजनिक बाटोबाट काँडा हटाउनु’ सबभन्दा तल्लो शाखा हो। त्यसैगरी लाज आस्थाको एउटा शाखा हो।” (श्रोत- मुस्लिम : ३५)

  1. ३- आचरण, सम्पूर्ण उपासनासँग गाँसिएको छ-

अल्लाहले जब कुनै उपासनाको आदेश दिनुहुन्छ तब उहाँले व्यक्ति र समाजमाथि पर्न गएको त्यसको राम्रो प्रभावलाई पनि औंल्याउनु हुन्छ, यसका केही उदाहरणहरु यस प्रकार छन्…

सलाह- “सलाह कायम गर, ’cause यसले अश्लीलता र कुकर्मबाट बचाउँछ।” (श्रोत- सूरह अल्-अन्कबूत : २९/४५)

जकात- “हे सन्देष्टा ! उनीहरुको धन-सम्पत्तिबाट दान लिदै गर र यसैद्वारा ’emलाई शुद्धता र पवित्रता प्रदान गर।” (श्रोत- सूरह अत्-तौबा : ९/१०३) दानले जसरी गरीबहरुको सहानुभूति र उद्धार  हुन्छ, त्यसरी नै धनवानहरुको शुद्धिकरण हुन्छ।

ब्रत- “तिमीहरुमाथि ब्रत अनिवार्य गरिएको छ, जसरी तिमीहरु भन्दा अघिका मानिसहरुमाथि अनिवार्य गरिएको थियो। यसबाट तिमीहरुमा तक्वा (ईश्-भय) उत्पन्न हुनेछ।” (श्रोत- सूरह अल्-बकरह : २/१८३) अत: मन भित्र अल्लाहको भय उत्पन्न गर्नु नै ब्रतको प्रमुख उद्देश्य हो। त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जुन व्यक्ति झूठो बोल्न र कुकर्म गर्न छोड्दैन, उसले ब्रत बस्नुको कुनै औचित्य छैन।” (श्रोत- बुखारी : १८०४) तसर्थ ब्रतबाट मानिसको आचरणमा केही प्रभाव परेन भने फेरी ब्रतको के औचित्य ?

  1. ४- अल्लाहले असल आचरणको लागि अत्याधिक प्रतिफल तयार पार्नु भएको छ-

कुरआन र हदीसमा यसका धेरै प्रमाणहरु छन्, तीमध्ये केही यस प्रकार छन्…

  • कयामतको दिन तराजुमा सबैभन्दा भारी सत्कर्म आचरण नै हुनेछ…

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तराजुमा असल आचरण भन्दा बढी भारी अरु कुनै सत्कर्म हुने छैन। असल आचरण भएको व्यक्ति ब्रत बस्ने र सलाह पढ्ने व्यक्तिको दर्जामा पुग्नेछ।” (श्रोत- तिर्मिजी : २००३)

  • स्वर्गमा जाने ठूलो माध्यम हो-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “स्वर्गमा बढी प्रवेश गराउने कर्महरुमध्ये अल्लाहको भय र असल आचरण हुनेछ।” (श्रोत- तिर्मिजी : २००४,  इब्ने माजा : ४२४६)

  • असल आचरण भएको व्यक्तिले कयामतको दिन रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को नजिक ठाउँ पाउनेछ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “तिमीहरूमध्ये जसको आचरण जति राम्रो हुन्छ,  कयामतको दिन ऊ मदेखि त्यत्तिकै नजिक हुनेछ।” (श्रोत- तिर्मिजी : २०१८)

  • असल आचरण भएको व्यक्तिलाई स्वर्गको उच्च स्थानको वाचा गरिएको छ-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “म जमानत दिन्छु, जुन व्यक्तिले सत्य भएर पनि प्रतिवादीसँग लडाई झगडा गरेनन् भने उसको लागि स्वर्गको सामान्य स्थान हो, जुन व्यक्तिले ख्याल-ठट्टामा पनि झूठो कुरा गरेनन् भने उसको लागि स्वर्गको बीचको भाग हो र असल आचरण भएको व्यक्तिको लागि स्वर्गको उच्च स्थान हुनेछ।” (श्रोत- अबु-दाऊद : ४८००)