इस्लाममा कसरी प्रवेश गर्न सकिन्छ ?

इस्लाममा कसरी प्रवेश गर्न सकिन्छ ?

मानिस कलेमा (दुवै गवाहीहरु) भनेर इस्लममा प्रवेश गर्न सक्छ। अर्थात यसलाई हृदयदेखि मानेर, मुखले घोषणा गरेर र त्यसै बमोजिम कर्म गरेर जो कोही पनि मुस्लिम बन्न सक्छ।

  1. १) ‘अश्हदु अल्ला इलाह इल्लल्लाह’ (म गवाही दिन्छु, अल्लाह बाहेक अरु कोही सत्य उपास्य छैन, म उहाँको साथमा कसैलाई साझेदार नगरि उहाँकै उपासना गर्छु)।
  2. २) ‘व अश्हदु अन्न मुहम्मदर् रसूलुल्लाह’ (म गवाही दिन्छु, मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम समस्त संसारका लागि अल्लाहका सन्देष्टा हुन्, उहाँको पूर्ण अनुसरण गर्नेछु र उहाँको विधि-विधान अनुसार अल्लाहको उपासना गर्नेछु)। (यस ’bout अधिक जानकारीको लागि अध्याय एक पृष्ठ न० ४२-४७ हेर्नुहोस्) 

नयाँ मुस्लिमको स्नान-

इस्लाममा प्रवेश गरेको क्षण मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण पल हुन्छ। निश्चय नै, यो उसको लागि एउटा नयाँ र वास्तविक जीवन हो। जसलाई उसले आफ्नो अस्तित्वको ’boutमा थाहा पाएपछि हासिल गरेको छ। त्यसैले इस्लाममा प्रवेश गरिसकेपछि नुहाउनु पर्छ। जसरी उसले आफ्नो आत्मालाई शिर्क र पापबाट पवित्र गरेको छ, त्यसरी नै आफ्नो शरीरलाई नुहाएर सफा-सुग्घर गर्नु बेस हुन्छ।  

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अरबका एक जना सरदारलाई, जब उसले इस्लाम ग्रहण गर्ने इच्छा व्यक्त गर्यो, नुहाउने आदेश दिनु भयो। (श्रोत- बैहकी : ८३७)