इस्लाम मध्यम धर्म हो

इस्लाम मध्यम धर्म हो

इस्लाम नै स्वर्ण तथा मध्यम धर्म हो। यसमा कमी कमजोरी, अतिवाद वा अतिशयोक्ति केही पनि छैन। इस्लामका यी विशेषताहरु यसका हरेक किसिमका उपासना तथा विधि-विधानहरुमा देखा पर्छन्।

अल्लाहले आफ्नो रसूल (सल्लल्लाहु अलैहि व सल्लम), उहाँका साथी र सम्पूर्ण आस्थावानहरुलाई मध्यवर्ती धर्म ग्रहण गर्ने निर्देशन दिनु भएको छ। जुन निम्न दुई कुराहरुबाट पूरा हुन सक्छ :

 

 

१) इस्लाममाथि दृढतापूर्वक अडिग रहनु र अल्लाहका निशानीहरुलाई हृदयदेखि आदर गर्नु।

१) इस्लाममाथि दृढतापूर्वक अडिग रहनु र अल्लाहका निशानीहरुलाई हृदयदेखि आदर गर्नु।

अल्लाहले भन्नु भएको छ… “तिमी र प्रायश्चित गरेका तिम्रा साथीहरु आदेश अनुसार सत्य मार्गमा सुदृढ रहने गर र सीमा उल्लंघन नगर। निश्चय नै तिमीहरूले गर्ने सम्पूर्ण क्रियाकलापहरु उहाँले हेरिरहनु भएको छ।” (श्रोत- सूरह हूद : ११/११२)

अर्थात फेरबदल, सीमा उल्लंघन एवम् हद पार नगरिकन दृढतापूर्वक सत्य मार्गमाथि कायम रह।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्ना साथीहरुलाई हज्जको एउटा तालिम दिदै अतिवादबाट सचेत गर्नु भयो र अघिका समुदायको बर्बादीको कारण औंल्याउदै भन्नु भएको छ… “हेर, धर्ममा कदापि अतिशयोक्ति गर्नु हुँदैन, ’cause यसले नै तिमीहरु भन्दा अघिका समुदायहरुलाई सर्वनाश गरेको थियो।” (श्रोत- इब्ने माजा : ३०२९)

त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “गर्न सक्ने जति मात्र धर्मकर्म गर्ने आदेश दिनु भयो।” (श्रोत- बुखारी : ११००)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले दूतत्वको वास्तविकतालाई प्रष्ट पार्दै भन्नु भएको छ… इस्लामले मानिसलाई उसको शक्ति भन्दा बढी बोझ होइन, बरु शिक्षा, बुद्धि र सहजता प्रदान गर्दछ। उहाँले  भन्नु  भयो… “अल्लाहले मलाई क्रुर र कठोर हृदयी बनाउनु भएको छैन, मलाई त असल शिक्षक तथा सहजकर्ता बनाएर पठाउनु भएको छ।” (श्रोत- मुस्लिम : १४७८)