ईसा (अलैहिस्सलाम) प्रति मुस्लिमहरुको आस्था-

ईसा (अलैहिस्सलाम) प्रति मुस्लिमहरुको आस्था-

  1. १)  महान रसूलहरुमध्ये एउटा रसूल हुन्। सर्वश्रेष्ठ रसूलहरु यस प्रकार छन्… मुहम्मद, इब्राहीम, नूह, मूसा र ईसा (अलैहिमुस्सलाम)। अल्लाहले भन्नु भएको छ… “याद गर त्यो प्रतिज्ञालाई जो हामीले सबै नबीहरुसित, तिमीसित, नूह, इब्राहीम, मूसा र मर्यम-पुत्र ईसासित लिएका थियौं।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ७)
  2. २)  ईसा (अलैहिस्सलाम) आदमका सन्तानमध्ये एक जना मानिस हुन्। अल्लाहले उहाँलाई इस्राइल समुदायको निम्ति रसूल बनाएर पठाउनु भयो। उहाँको हातबाट धेरै चमत्कारहरु सम्पन्न भयो,  तर अल्लाहमा पाइने गुण जस्तै सृष्टि गर्नु वा उपास्य हुनुमध्ये कुनै विशेषता उहाँलाई प्राप्त थिएन। अल्लाहले भन्नु भएको छ… “त्यो एउटा भक्त मात्र थियो जसमाथि हामीले उपकार गर्यौं र इस्राइल समुदायको निम्ति एउटा उदाहरण बनायौं।” (श्रोत- सूरह अज्-जुख्रुफ : ४३/५९) ‘अल्लाह बाहेक मलाई र मेरी आमालाई पूजा गर’ भनेर उहाँले आफ्नो समुदायलाई कहिल्यै पनि भन्नु भएन। बरु उहाँले त्यही भन्नु भयो जसको हुकुम अल्लाहले दिनु भएको थियो… “केवल एक अल्लाहको उपासना गर जो मेरो र तिमीहरु सबैका ईश्वर हुन्।” (श्रोत- सूरह अल्-माइदा : ५/११७)
  3. ३) उहाँ मर्यम-पुत्र ईसा हुन्। उहाँकी आमा मर्यम एउटी भद्र, सत्य, सन्तुष्ट, ईश्वरको भक्त, सति सावित्री र पवित्र थिइन्। अल्लाहको शक्तिले उहाँ बिना पति गर्भवती हुनु भयो र ईसाको सृष्टि सधैंभरीको लागि एउटा चमत्कार भयो। जसरी अल्लाहले आदम (अलैहिस्सलाम) लाई बिना आमा-बुवाको माटोबाट सृष्टि गर्नु भएको थियो। अल्लाहले भन्नु भएको छ… “ईसाको उदाहरण अल्लाहकहाँ आदम झैं छ। अल्लाहले उहाँलाई माटोबाट बनाएर भन्नु भयो… ‘भई हाल’ अनि भई हाल्यो।” (श्रोत- सूरह आलि-इमरान : ३/५९)
  4. ४) उहाँको र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को बीचमा कुनै अर्को रसूल छैन। उहाँले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को आगमनको शुभ समाचार दिनु भएको थियो। अल्लाहले भन्नु भएको छ… “याद गर जब मर्यम-पुत्र ईसा (अलैहिस्सलाम) ले भने… हे इस्राइलका सन्तानहरु हो ! अल्लाहले मलाई तिमीहरुका लागि रसूल बनाएर पठाउनु भएको छ। म भन्दा अघि पठाइएको तौरत ग्रन्थको पुष्टि गर्दछु र मेरोपछि अहमद नामको रसूल आउनु हुनेछ भन्ने कुराको शुभ सूचना दिदैछु।” (श्रोत- सूरह अस्-सफ : ६१/६)
  5. ५) अल्लाहले जुन चमत्कारहरु उहाँको हातबाट देखाउनु भयो ती सबैमाथि आस्था राख्नु पर्दछ, जस्तै… दुबे र अन्धोको उपचार, मृतलाई जीवित पार्नु, मानिसले खाएको र घरमा जम्मा गरेको कुराहरुको ’boutमा अवगत गराउनु। यी सबै कार्यहरु अल्लाहको हुकुमद्वारा नै हुन्थ्यो। उहाँ अल्लाहको साँचो रसूल हुन् भन्ने प्रमाणित गर्नको लागि यी चमत्कारहरु प्रदान गरिएका थिए।
  6. ६) निम्न लिखित कुराहरूलाई नमानुन्जेल कोही पनि मुस्लिम बन्न सक्दैन, ईसा (अलैहिस्सलाम) अल्लाहको असल भक्त र रसूल हुन्। यहुदीहरुद्वारा उहाँमाथि लगाइएको आरोप गलत हो र उहाँ हिमाल झैं पवित्र हुन्। त्यसैगरी ईसाइहरूका गलत आस्था, जस्तै…  ईसा र उहाँकी आमा ईश्वर हुन् वा उहाँ ईश्वरका पुत्र हुन् वा उहाँ तीन ईश्वरमध्ये तेस्रा हुन्, यी सबैलाई गलत र मिथ्या ठान्नु पर्छ। अल्लाह यी सम्पूर्ण गलत आरोपहरुबाट पवित्र हुनुहुन्छ।
  7. ७) उहाँको न त हत्या भएको थियो, न शूलीमाथि झुण्डियाइएको थियो। जब यहुदीहरुले उहाँलाई हत्या गर्न दुष्प्रयास गरे तब अल्लाहले उहाँलाई जीवित नै आकाशमा उठाउनु भयो र अल्लाहले उहाँको अनुहार अर्को व्यक्तिसित मिल्दो-जुल्दो बनाई दिनु भयो र उनीहरुले झुक्किएर त्यस व्यक्तिको हत्या गरेर शूलीमाथि झुण्डियाई दिए। अल्लाहले भन्नु भएको छ… “उनीहरुको यो भनाई, हामीले अल्लाहका रसूल मर्यम-पुत्र ईसाको हत्या गरि दियौं। उनीहरुले न त हत्या गरेका हुन् न त शूलीमाथि झुण्डि्याएका हुन्। बरु ’emलाई भ्रममा पारियो। यस विषयमा मतभेद गर्नेहरु अवश्य नै सन्देहमा छन्। यस’boutमा अनुमान बाहेक तिनीहरूसँग कुनै विल्क्प छैन। ’emले ईसा मसीहको हत्या कदापि गरेका छैनन्, तर अल्लाहले उनलाई आफूतर्फ उठाउनु भयो, ’cause अल्लाह प्रभुत्वशाली र तत्त्वदर्शी हुन्। अनि अहले-किताब (यहूदी र ईसाइ) हरुमध्ये कोही यस्तो हुने छैन जसले उनको मृत्यु पूर्व उनीमाथि विश्वास नगरोस् र कयामतको दिन उनी ’emको साक्षी बस्ने छन्।” (श्रोत- सूरह अन्-निसा : ४/१५७-१५९)

अल्लाहले उहाँको रक्षा गर्नु भयो र आफू नजिक आकाशमा उठाउनु भयो। अन्तिम युगमा भूइँमा ओर्लिनु हुनेछ र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को विधि-विधान अनुसार निर्णय गर्नु हुनेछ। त्यसपछि उहाँको वास्तविक मृत्यु हुनेछ र कयामतको दिनमा उहाँ पनि आफ्नो चिहानबाट आदमका सन्तानहरु झैं निस्कनु हुनेछ। अल्लाहले भन्नु भएको छ… “हामीले तिमीहरूलाई माटोबाट सृष्टि गर्यौं, फेरी यसैमा फर्काउने छौं अनि फेरी यसैबाट पुनः जीवित पारि निकाल्ने छौं।” (श्रोत- सूरह ताहा : २०/५५)