जुवा-तास

जुवा-तास

जुवा-तास भनेको के हो?

कुनै दौड वा खेलकूद प्रतियोगितामा दुई खेलाडी वा दुई प्रतिस्पर्धी वा दुई दर्शक बीच शर्त लगाउनु र जित्ने पक्षले हार्ने पक्षको माल खाई दिन्छ। यसरी प्रत्येक सहभागी अरुको असफलताको लागि तात्पर्य हुन्छ र यो नै जुवा-तास हो।

यसको हुकुम-

जुवा-तास सदाको लागि अवैध छ। कुरआन र हदीसका केही प्रमाणहरु यस प्रकार छन्…

  1. १- जुवाको नाफा भन्दा नोक्सान बढी छ। अल्लाहले भन्नु भएको छ… “यिनीहरु रक्सी र जुवाको ’boutमा सोधिरहेका छन्। भनिदेऊ, “यसमा ठूलो पाप छ र मानिसहरुका लागि केही फाइदा पनि छ, तर यसका पाप फाइदा भन्दा धेरै छ।” (श्रोत- सूरह अल्-बकरह : २/२१९)
  2. २- अल्लाहले व्यक्ति र समाजमा पर्न गएको नकारात्मक प्रभावले जुवा-तासलाई अपवित्र घोषित गर्नु भएको छ। यसले मित्रतालाई शत्रुतामा परिणत गर्छ, पारस्परिक घृणा र इर्ष्यालाई बढावा दिन्छ, अल्लाहको प्रशंसा र सलाह पढ्नबाट टाढा राख्छ, त्यसैले अल्लाहले यसबाट जोगिन आदेश दिनु भएको छ। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! मदिरा सेवन गर्नु, जुवा खेल्नु, अल्लाह बाहेकको नाममा बलि दिनु तथा पासा खेल्नु अपवित्र र शैतानी कार्यहरू हुन्। त्यसैले यी कुराहरूबाट टाढा बस, यसरी तिमीहरु सफल हुनेछौ। शैतानले मद्यपान र जुवामा लगाएर तिमीहरु बीच शत्रुता र घृणा उत्पन्न गर्न चाहन्छ र तिमीहरुलाई अल्लाहको स्मरण तथा सलाहबाट रोक्न चाहन्छ। के तिमीहरु यी घृणित कार्यहरूबाट रोक्दैनौ ? ” (श्रोत- (सूरह अल्-माइदा : ५/९०-९१)

व्यक्ति र समाजमाथि पर्न गएका जुवा-तासका नराम्रा परिणामहरु–

जुवा-तासले व्यक्ति र समाजमाथि निकै नराम्रा प्रभावहरु परेको छ, तीमध्ये केही यस प्रकार छन्…

  1. १- यसले मानिसहरु बीच शत्रुता र इर्ष्या उत्पन्न गर्छ। खेलाडीहरुलाई नै हेरौं, यिनीहरु इष्ट-मित्र हुन्, तर जुन बेला कोही सफल हुन्छ र माल समेट्छ त्यस बेला अरु रिसाउँछ र उसको मनमा एक प्रकारको इर्ष्या र प्रतिकारको भावना सृजना हुन्छ र विजेता पक्षलाई नोक्सान पुर्याउनको लागि आफ्नै साथीभाइको विरुद्धमा षड्यन्त्र रच्न थाल्छ। यो वास्तविक कुरा हो जसलाई सबैले जानेका छन् र अल्लाहको भनाईको तात्पर्य पनि यही हो। अल्लाहले भन्नु भएको छ… “शैतानले मद्यपान र जुवामा लगाएर तिमीहरु बीच शत्रुता र घृणा उत्पन्न गर्न चाहन्छ।” त्यसैगरी यसले अल्लाहको स्मरण र सलाहबाट रोक्न चाहन्छ। अल्लाहले भन्नु भएको छ… “यसले अनिवार्य सलाह र अल्लाहको स्मरणबाट टाढा राख्न चाहन्छ।” (श्रोत- (सूरह अल्-माइदा : ५/९०-९१)
  2. २- जुवाले मानिसको धन-सम्पत्तिलाई नष्ट पार्छ र ठूलो छति पुर्याउँछ।
  3. ३- जुवाले मानिसलाई कुलतमा फसाई दिन्छ। यदि जित्यो र पैसा पायो भने अझै खेल्न उत्सुक हुन्छ। हार्यो भने अर्को बाजी म नै जित्छु होला कि भनेर अझ पैसा थप्छ र खेललाई निरन्तरता दिन्छ। मानिसको समय र माल दुवै बर्बाद हुन्छ र यसरी समाज पनि बर्बादीको दिशातिर लाग्छ।

जुवाका किसिमहरु

हुनत जुवाका पुराना र नयाँ अनेकौं किसिमहरु छन्, तीमध्ये केही आधुनिक किसिमहरु यस प्रकार छन्…

  1. १- हरेक किसिमको खेलकूद र प्रतिस्पर्धा जसमा विजेता पक्षले पराजित पक्षको पैसा खाई दिने शर्त राख्छ, जस्तै… एक समूहले खेल खेल्छ र सबैले क्याशिनोका कागजमाथि केही नगदी राख्छ र विजेताले सम्पूर्ण रकम खाई दिन्छ।
  2. २- खेलाडी टोली वा कुनै एउटा खेलाडीमाथि सट्टा वा बाजी लगाउनु र जसको टोलीले विजय प्राप्त गर्छ, उसले पराजित पक्षको माल खाई दिन्छ।
  3. ३- चिट्ठा, जस्तै… एक डलरको रसिद किनेर एक हजारको चिट्ठा कार्यक्रममा सामेल हुनु । यसमा चिट्ठा पर्न पनि सक्छ र नपर्न पनि। 
  4. ४- आधुनिक, गैर-आधुनिक, इन्टरनेटमा खेलिने वा तासमा खेल्ने जुवाका सम्पूर्ण किसिमहरू जसमा हार र जीत दुवै सम्भव हुन्छ।