तौबा र पथप्रदर्शनको कृतज्ञता

तौबा र पथप्रदर्शनको कृतज्ञता

प्रायश्चित र इस्लामको वरदान पाएकोमा निम्न तरिकाले कृतज्ञता व्यक्त गर्न सकिन्छ…

  1. १) इस्लाममाथि कायम रहनु र यसमा आउने कष्टहरुमाथि धैर्य गर्नु…

जो कोही एउटा बहुमूल्य खजानाको मालिक भयो भने उसले आफ्नो धनराशिलाई चोर, डाँका र हिनामिनाबाट सुरक्षित राख्न सचेत हुन्छ। इस्लाम समस्त मानवजातिको लागि अमूल्य वरदान हो। यो कुनै विचारधारा र मानिसको व्यक्तिगत रुचि मात्र होइन, यो त ईश्वरको साँचो धर्म तथा सम्पूर्ण जीवन व्यवस्था हो। यसले हाम्रो जीवनका सम्पूर्ण क्रियाकलापहरुलाई सन्तुलित गर्छ। त्यसैले अल्लाहले आफ्नो प्रिय सन्देष्टालाई इस्लाम र कुरआनलाई बल पूर्वक थामि राख्न र यसमा कुनै सम्झौता नगर्न आदेश दिनु भएको छ। अल्लाहले भन्नु भएको छ… “तिमीलाई जुन कुरआन प्रदान गरिएको छ त्यसलाई दृढताका साथ समात, निश्चय नै तिमी सीधा मार्गमा छौ।” (श्रोत- सूरह अज्-जुख्रुफ : ४३/४३)

इस्लाम स्वीकारेपछि परिआएको कुनै कष्ट र पीडामाथि निराश हुनु हुँदैन, ’cause यो अल्लाहको नियम हो। हामी भन्दा उत्कृष्ट व्यक्तिहरुले इस्लामको बाटोमा धरै दु:ख पाए तर उनीहरुले धैर्य राखे र प्रयास गर्दै गरे। हेर्नुहोस्, यी अल्लाहका सन्देष्टा र खास भक्तहरु हुन्। उनीहरुले शत्रु भन्दा पहिले आफ्नै घरपरिवार र नातेदारहरुबाट अनेकौं प्रकारका कष्टहरु पाए, तर उनीहरु हरेस खाएर कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट विमुख भएनन्, बरु चट्टान झैं इस्लाममाथि कायम रहे। हो साथीहरु! यो हाम्रो ईमानको जाँच हो, यसमा हामीले पूर्ण रुपमा सफलता प्राप्त गर्नु पर्छ र सफलताको लागि निम्न दुआ पनि गर्नु पर्छ… (या मुकल्लिबल कूलूब ! सब्बित कल्बी अला दीनक) अर्थ : हे हृदयलाई फेर्नेवाला ! मेरो मनलाई तिमी आफ्नो धर्ममाथि स्थिर गरि देऊ।” (श्रोत- तिर्मिजी : २१४०)

यस सन्दर्भमा अल्लाहले भन्नु भएको छ… “के मानिसहरु ईमान ल्याए भन्दैमा उनीहरुलाई परीक्षा नलिइकन त्यतिकै छोडिनेछ भन्ने ठानेका छन् ? वास्तवमा, हामीले यिनीहरु भन्दा पहिलेका मानिसहरुलाई कठिन परीक्षा लिइसकेका छौं। अनि को सत्यवादी हो र को मिथ्यावादी अल्लाहले अवश्य नै चिन्नु हुनेछ।” (श्रोत- सूरह अल्-अनकबूत : २९/२-३)         

  1. २) बुद्धि र प्रभावकारी उपदेशद्वारा इस्लामको आह्वान गर्नु-

इस्लाम पाएकोमा अल्लाहको प्रशंसा व्यक्त गर्न र दृढताका साथ यसमाथि कायम रहन इस्लामको आह्वानले मद्दत पुर्याउँछ। मानौं, कुनै व्यक्तिलाई भयानक रोगले निकै सतायो, रोगि बनायो, दिनरातलाई व्यर्थ बनायो, यस्तो रोगबाट स्वास्थ्यलाभको सही ओखती पत्ता लगायो भने ऊ त्यसलाई अरु मानिसहरुसम्म पुर्याउन आतुर हुन्छ, विशेष गरी आफ्नो घरपरिवार, नातेदार र हितैषीलाई। यसको विवरण यस प्रकार छ…