धोका र अज्ञानता

धोका र अज्ञानता

धोका र अज्ञानताको अभिप्राय- यी यस्ता कारोबार र मालसामानहरु हुन् जसको ’boutमा केही जानकारी छैन वा शंकास्पद वस्तुहरु हुन् जसले गर्दा क्रेता-बिक्रेता दुवैमा विवाद उत्पन्न हुन सक्छ वा कसैमाथि अन्यय हुन सक्छ। 

इस्लामले यस्तो कारोबारलाई अवैध गरेको छ, यद्यपि दुवै पक्षको राजी खुशीले किन नहोस्। ’cause यसमा अन्याय र धोका छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अज्ञात र शंकास्पद वस्तुहरुको कारोबारलाई अवैध गर्नु भएको छ।” (श्रोत- मुस्लिम : १५१३)

धोका र अज्ञानताका उदाहरणहरु-

  1. १- फल पाक्नु र टिप्नु भन्दा पहिले किनबेच गर्नु, ’cause पाक्नु भन्दा अगाडि बिग्रन सक्छ त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अवैध गर्नु भएको छ।
  2. २- बाकस भित्र बन्द रहेको सामग्रीलाई किनबेच गर्नु, किनकि त्यस भित्र अमूल्य, सामान्य वा खराब वस्तु जे पनि हुन सक्छ, जस्तै… हातमा नरहेको कुरा बेच्नु इत्यादि।

अज्ञानताले कुन अवस्थामा प्रभाव पार्छ?

धोका र अज्ञानता असल करारमा बढी मात्रामा छ भने त्यो कारोबार अवैध छ, तर मूल कुरामा छैन भने केही असर पर्दैन।

जस्तै… एउटा मुस्लिमले घर किन्छ, तर उसलाई घरमा प्रयोग गरिएका सिमेन्ट र सर-सामानको ’boutमा केही जानकारी छैन भने यसले केही असर पार्दैन, किनकि मूल र असल कारोबारमा कुनै शंका छैन।