नफ्ली (ऐच्छिक) ब्रत

नफ्ली (ऐच्छिक) ब्रत

अल्लाहले सालमा एक महिनाको ब्रत अनिवार्य गर्नु भएको छ, तर बढी पुण्यको लागि नफ्ली (ऐच्छिक) ब्रत बस्ने प्रेरणा दिनु भएको छ। केही नफ्ली ब्रतहरु यस प्रकार छन्…

  1. १) आशूराको ब्रत- इस्लामि पात्रो अनुसार वर्षको पहिलो महिना (मुहर्रम) को दशौं तारिखलाई ‘आशूरा’ भनिन्छ। ‘मूसा’ नामी नबीको युगमा फिर्औन नाम गरेको ठूलो शोषक तथा सामन्ती थियो। अल्लाहले उक्त सामन्ती राजा र उसको फौजलाई ‘आशूरा’ को दिनमा नै नष्ट गर्नु भएको थियो। अनि बल्लतल्ल मूसा तथा उहाँका मुस्लिम साथीहरुले सुख र शान्तिका सास फेर्ने मौका पाएका थिए। त्यसैको खुशियालीमा अल्लाहको कृतज्ञता र रसूलको अनुसरण ब्रत बसेर व्यक्त गरिन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “आशूराको साथमा एक दिन अघि वा पछि पनि ब्रत बस।” (श्रोत- अहमद : ११६२) त्यसैले दुई दिनको ब्रत बस्नु पर्दछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई यसको ’boutमा सोधिदा भन्नु भयो… गएको एक वर्षको पाप पखालिन्छ।” (श्रोत- मुस्लिम : ११६२)
  2. २) अर्फाको ब्रत- इस्लामि पात्रो अनुसार वर्षको अन्तिम महिना (जुल-हिज्जा) को नवौं तारिखलाई ‘अर्फा’ भनिन्छ। यस दिन हाजीहरू अर्फातको मैदानमा भेला हुन्छन् र अल्लाहसित बिन्ति, प्रार्थना र प्रशंसा गर्छन्। यो वर्षको सर्वोत्तम दिन हो। हज्ज नगर्नेहरुले अर्फाको ब्रत बस्नु पर्दछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित अर्फाको ब्रतको ’boutमा सोधियो, उहाँले भन्नु भयो… यसले एक साल अगाडि र एक साल पछाडिका पापहरु पखालिन्छन्।” (श्रोत- मुस्लिम : ११६२)
  3. ३) शौवाल महिनामा ६ दिनको ब्रत- दशौं महिनालाई ‘शौवाल’ को महिना भनिन्छ। उक्त ब्रतको महत्व दर्शाउँदै रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले रमजानको ब्रत बस्यो अनि त्यसपछि शौवाल महिनामा ६ दिन अझै नफ्ली ब्रत बस्यो भने, उसले साल भारी ब्रत बसे बराबर भयो।” (श्रोत- मुस्लिम : ११६४)