फरिश्ता (देवदूत) हरुमाथि आस्था राख्नु (‘ईमान’ का ६ वटा आधारहरु)

फरिश्ताहरुमाथि आस्थाको अर्थ-

फरिश्ताहरुको अस्तित्वमाथि दृढतापूर्वक आस्था राख्नु, उनीहरु मानव तथा जिन्न बाहेक अदृश्य संसारका प्राणी हुन्। उनीहरु पवित्र एवम् प्रतिष्ठित भक्त हुन्, निरन्तर अल्लाहको भक्ति गरिरहेका छन्, अल्लाहका आदेशहरूलाई कार्यान्वयन गर्न सतर्क हुन्छन् र कहिल्यै पनि उहाँको अवज्ञा गर्दैनन्।

अल्लाहले भन्नु भएको छ… “उनीहरु अल्लाहका पवित्र एवम् प्रतिष्ठित भक्त हुन्, अल्लाहको आदेश अगाडि केही पनि भन्दैनन् र उहाँकै आदेशले मात्र कार्य गर्छन्।” (श्रोत- सूरह अल्-अंबिया : २१/२६-२७)

फरिश्ताहरुमाथि आस्था राख्नु ईमानका ६ वटा आधारहरुमध्ये एउटा आधार हो। अल्लाहले भन्नु भएको छ… “रसूल र आस्थावानहरुले आफ्ना पालनकर्ताको तर्फबाट अवतरित (चीज) माथि ईमान ल्याएका छन्। यिनीहरू सबै अल्लाह, उहाँका फरिश्ताहरु, ग्रन्थहरु र उहाँका रसूलहरुमाथि आस्थावान भए।” (श्रोत- सूरह अल्-बकरह : २/२८५)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ईमानको ’boutमा भन्नु भएको छ… “तिमी अल्लाह, उहाँका फरिश्ताहरु, किताबहरु, रसूलहरु, कयामत (महाप्रलय) को दिन र राम्रो वा नराम्रो भाग्यमाथि आस्था राख।” (श्रोत- मुस्लिम : ८)

फरिश्ताहरुमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?

  1. १) उनीहरुको अस्तित्वमाथि आस्था राख्नु… उनीहरु अल्लाहका सृष्टि हुन् भन्ने कुरामाथि विश्वास गर्नु, उनीहरु अवस्थित छन्, अल्लाहले उनीहरुलाई प्रकाशबाट सृष्टि गर्नु भएको छ । अल्लाहको भक्ति र आज्ञापालन गर्न प्रवृत्ति बनाई दिएका छन्।
  2. २) उनीहरुमध्ये जसको नाम थाहा छ, जस्तै… जिब्रील, त्यसमाथि पूर्ण रुपमा ईमान ल्याउनु र जसको नाम थाहा छैन उनीहरुमाथि संक्षेपमा ईमान ल्याउनु।
  3. ३) उनीहरुका विशेषताहरुमध्ये जे जति थाहा छ त्यति विश्वास गर्नु, जस्तै…

उनीहरु अदृश्य संसारका प्राणी हुन्। अल्लाहको उपासना गर्ने सृष्टि हुन्, अल्लाहमा पाइने गुण र शक्ति उनीहरूमा पाइदैनन् र उनीहरु अल्लाहको उपासनामा लिप्त छन्। अल्लाहले भन्नु भएको छ… “अल्लाहको हुकुमको अवज्ञा गर्दैनन् र जे आदेश दिइन्छ त्यसको पालना गर्दछन्।” (श्रोत- सूरह अत्-तहरीम : ६६/६)

उनीहरु प्रकाशबाट सृष्टि गरिएका हुन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “फरिश्ताहरु प्रकाशबाट सृष्टि गरिएका हुन्।” (श्रोत- मुस्लिम : २९९६)

उनीहरुका पखेटा छन्। अल्लाहले भन्नु भएको छ… “सम्पूर्ण प्रकारका प्रशंसाहरु अल्लाहकै लागि हुन्, जसले आकाशहरू र धरतीलाई सृष्टि गर्नु भएको छ, दुई-दुई, तीन-तीन र चार-चार पखेटा भएका फरिश्ताहरुलाई सन्देश पुर्याउन नियुक्त गर्नु भएको छ। उहाँ आफ्नो सृष्टिमा जे चाहनुहुन्छ वृद्धि गर्नुहुन्छ। वास्तवमा अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ।” (श्रोत- सूरह फातिर: ३५/१)

  1. ४) अल्लाहको हुकुमले उनीहरु जे काम गर्छन् र जसको ’boutमा हामीलाई जानकारी छ, त्यसमाथि विश्वास गर्नु, जस्तै…

अल्लाहको सन्देश (वह्य) पुर्याउने जिम्मेवारी ‘जिब्रील’ (अलैहिस्सलाम) लाई सुम्पिएको छ।

ज्यान लिने कार्यभार ‘मलकुल्-मौत’ र उसका सहयोगीहरुलाई सुम्पिएको छ।

भक्तहरुका राम्रा-नराम्रा क्रियाकलाप लेख्ने अनि सुरक्षित राख्ने जिम्मेवारी ‘किरामन कातेबीन’ लाई सुम्पिएको छ।

फरिश्ताहरुमाथि आस्थाका केही फाइदाहरु-

फरिश्ताहरुमाथिको आस्थाले आस्थावानहरुको जीवनमा ठूलो प्रभाव पर्दछ। तीमध्ये केही निम्न छन्…

  1. १) अल्लाहको महानता, अपार शक्ति र उहाँको पूर्ण अधिकारको ज्ञान हुन्छ। सृष्टिको श्रेष्ठताले सृष्टिकर्ताको महानता प्रकट हुन्छ, यसरी आस्थावानहरुको मनमा अल्लाहप्रतिको आदरमा वृद्धि हुन्छ, ’cause उहाँले पखेटा भएका फरिश्ताहरुलाई प्रकाशबाट सृष्टि गर्नु भएको छ।

  2. २) अल्लाहको उपासनामा अडिग रहने टेवा पुर्याउँछ। जसले फरिश्ताहरु उसका सबै क्रियाकलाप लेखिरहेका छन् भन्ने कुरामाथि आस्था रख्दछ, उसले खुल्लमखुल्ला वा लुकेर अल्लाहको अवज्ञा गर्दैन।

  3. ३) अल्लाहको उपासना गर्नको लागि धैर्य, आत्मा शान्ति र आफ्नोपनको आभास हुन्छ, किनकि यो विशाल दुनियाँमा करोडौं फरिश्ताहरु अल्लाहको उपासनामा तन, मन र वचनले सक्रिय छन्।

  4. ४) मानवमाथि भएको कृपामाथि अल्लाहको कृतज्ञता व्यक्त गर्नु, ’cause केही फरिश्तालाई मानवको सुरक्षामा तैनाथ गरिएका छन्।