ब्रत भङ्ग गर्ने कुराहरु

ब्रत भङ्ग गर्ने कुराहरु

केही यस्ता कुराहरु छन्, जसले ब्रतलाई भङ्ग गरिदिन्छ, तसर्थ ती कुराहरुबाट जोगिनु अनिवार्य छ। यी निम्न लिखित छन्…

  1. १) खानपिन गर्नु, अल्लाहले भन्नु भएको छ… “सेतो रेखा कालो रेखाबाट प्रष्ट भएदेखि प्रत:काल (फज्रको अजान) सम्म खानपिन गर, फेरी राति (सूर्यास्त) सम्म ब्रत बस।” (श्रोत- सूरह अल्-बकरह : २/१८७) तर, जसले भूलचुकले खानपिन गर्यो भने उसको ब्रत सही हुनेछ र केही पाप हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “यदि कसैले बिर्सेर खानपिन गर्यो भने केही आपत्ति छैन, उसले आफ्नो ब्रत पूरा गरोस्, ’cause अल्लाहले उसलाई खानपिन गराउनु भएको छ।” (श्रोत- बुखारी : १८३१, मुस्लिम : ११५५)
  2. २) खानपिनको सट्टामा प्रयोग हुने कुराहरु, जस्तै…
  • ग्लुकोज चढाउनु वा तागतको सूई लगाउनु, ’cause यसले शरीरमा शक्ति, नून र खुराकको काम दिन्छ, यो खानपिनको कायममुकाम हुन्छ र यसमाथि त्यही हुकुम लाग्छ।
  • बिरामीलाई रगत चढाउनु, ’cause यसले शरीरलाई चाहिने खुराक पूरा गर्दछ।
  • हरेक प्रकारको धुम्रपान, ’cause यसले सांसद्वारा शरीरमा बिष फैलयाउँछ।
  1. ३) सम्भोगपछि, चाहे वीर्य स्खलन होस् वा नहोस्।
  2. ४) हस्त मैथुन वा कुनै तरिकाले वीर्य स्खलन गर्नु।

तर सपनामा भएको वीर्य स्खलनले ब्रत भङ्ग हुँदैन।

यदि पुरुषलाई आफूमाथि नियन्त्रण गर्ने क्षमता छ भने ब्रतको अवस्थामा पनि श्रीमतीलाई म्वाई खान सकिन्छ।

  1. ५) जानेर वान्ता गर्नु, यदि आफैंले उल्टी भयो भने  ब्रत भङ्ग हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसलाई ब्रतको अवस्थामा वान्ता आयो उसले कजा (पूरा) गर्नु पर्दैन र जसले जानेर वान्ता गर्यो, उसले कजा गर्नु पर्दछ।” (श्रोत- तिर्मिजी : ७२०, अबु-दाऊद :३२८०)
  2. ६) महिनावारी वा सुत्केरीको रगत निस्कनु, सूर्यास्त हुनु भन्दा अगाडि रगत देखियो भने ब्रत भङ्ग हुन्छ वा दिनको अन्तिम समयमा पवित्र भएको छ त्यस दिनको ब्रत बस्न हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “महिनावरीको अवधिमा महिलाले सलाह पढ्न र ब्रत बस्न हुँदैन।” (श्रोत- बुखारी : १८५०)

तर महिनावारी र सुत्केरी बाहेक कुनै रोगले गर्दा रगत निस्केको छ भने ब्रत बस्नुबाट कुनै बाधा हुँदैन। एउटा पवित्र महिला जसतै प्रत्येक काम गर्नु पर्छ।