मक्का र मस्जिद-हरामका विशेषताहरु

मक्का र मस्जिद-हरामका विशेषताहरु

मस्जिद-हराम, अरब द्वीपको पश्चिमी भेग मक्का मुकर्रमामा अवस्थित छ। इस्लाममा यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्…  

  1. १- यसैको मुटुमा पवित्र काबा छ-

यो काबाको ढोका हो, यसमा कुरआनका धेरै जसो आयत (श्लोक) हरु कोरिएका छन्। .

काबा एउटा चारपाटे घनाकार भएको निर्मित सानो सुन्दर घर हो, जो मस्जिद-हरामको बीच भागमा अवस्थित छ।

यो विश्वकै मुस्लिमहरुको किब्ला, ढुकढुकी र केन्द्र बिन्दु हो। यसै किब्लाको दिशामा अनुहार फर्काएर मुस्लिमहरुलाई सलाह पढ्ने र अन्य उपासना गर्ने आदेश दिएको छ।

यसलाई इब्राहीम र उहाँका छोरा इस्माइल (अलैहिमुस्सलाम) ले अल्लाहको आदेशानुसार निर्माण गर्नु भएको थियो। त्यसपछि समय अनुसार नवीकरण हुँदै गयो।

अल्लाहले भन्नु भएको छ… “(स्मरण गर) जुन बेला इब्राहीम र इस्माइल यस घरको जग उठाउँदै दुआ गरिरहेका थिए… “हे अल्लाह, हाम्रो सानो प्रयासलाई स्वीकार गरिदिनुहोस्, वास्तवमा तपाई नै सर्वश्रोता र सर्वज्ञाता हुनुहुन्छ।” (श्रोत- सूरह अल्-बकरह : २/१२७)

काबाको पुनः निर्माणको क्रममा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मक्कावासीका साथ हजरे-अस्वद (कालो ढुङ्गा) लाई त्यसको ठाउँमा राख्न सहभागी हुनु भएको थियो।

  1. २- संसारको पहिलो मस्जिद-

जुन बेला वरिष्ठ सहाबी अबु-जर (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोध्नु भयो… हे अल्लाहका रसूल, पृथ्वीमा सबभन्दा पहिलो मस्जिद कुन हो ? उहाँले जवाफ दिनु भयो… “मस्जिद-हराम” फेरी उहाँले सोध्नु भयो… त्यसपछि कुन ? उहाँले जवाफ दिनु भयो… “मस्जिद-अक्सा” उहाँले सोध्नु भयो… यी दुवैमा कति अन्तर छ ? उहाँले जवाफ दिनु भयो… “४० वर्ष, यदि तिमीले त्यसमा सलाह पढ्ने अवसर पाउँछौ भने सलाह पढ्नु, ’cause त्यसमा धेरै विशेषताहरु छन् ।” (श्रोत- बुखारी : ३१८६, मुस्लिम : ५२०)

  1. ३- यसमा सलाह पढ्दा कैयौं गुणा बढी पुण्य पाइन्छ-

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मेरो मस्जिद, मस्जिद-नब्वीमा सलाह पढ्नु अरु मस्जिदहरुको अनुपातमा एक हजर गुणा बढी हुन्छ, सिवाय मस्जिद-हरामको, ’cause त्यसमा अरु मस्जिदहरुको अनुपातमा एक लाख बढी पुण्य पाइन्छ।” (श्रोत- इब्ने माजा : १०४६, अहमद : १४६९४)

  1. ४– यसलाई अल्लाह र रसूलले हराम (शान्ति-स्थल) गर्नु भएका छन्-

अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई निर्देशन गर्दै भन्नु भएको छ… “मलाई यस शहरको ईश्वरको उपासना गर्न र मुस्लिम हुन हुकुम भएको छ, जसलाई उहाँले हराम (शान्ति-स्थल) घोषित गर्ने भएको छ। यो सिङ्गो संसार उहाँकै सृष्टि हो।” (श्रोत- सूरह अन्-निसा : २७/९१)

अल्लाहले मक्कामा हत्या, हिंसा, अन्याय, पशुपंक्षीको शिकार तथा बोटबिरुवा काट्न अवैध गर्नु भएको छ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मक्कालाई अल्लाहले हराम (शान्ति-स्थल) घोषित गर्नु भएको छ, कुनै मानिसले होइन, त्यसैले अल्लाह र महाप्रलयमा विश्वास राख्ने व्यक्तिले यहाँ हत्या गर्नु तथा बोटबिरुवालाई काट्नु हुँदैन।” (श्रोत- बुखारी : १०४, मुस्लिम : १३५४)

  1. ५- यो अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मन पराउनु भएको ठाउँ हो।

एउटा वरिष्ठ सहाबीले भन्नु भयो… मैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई (मक्काको एउटा टोल) हजुरामा सवारीमा बसेको बेला भन्दै सुनेको थिएँ… “अल्लाहको कसम ! हे मक्का, धरतीमा अल्लाहको अत्यन्त प्यारो ठाउँ तिमी नौ हौ, यदि मलाई ननिकालेको भए म कहिल्यै पनि तिमीबाट अलग्गिने नै थिएन।” (श्रोत- तिर्मिजी : ३९२५, कुबरा लिन्निसाई : ४२५२)

  1. ६- अल्लाहले सामर्थ्य व्यक्तिमाथि आफ्नो पवित्र घरको हज्ज गर्न अनिवार्य गर्नु भएको छ-

इब्राहीम (अलैहिस्सलाम) ले मानिसहरुलाई अल्लाहको घरको हज्ज गर्न आह्वान गर्नु भयो अनि दुनियाँको कुनाकाप्चाबाट हज्ज गर्नेहरुको ओइरो लाग्यो। सबै सन्देष्टाहरुले यस घरका हज्ज गरे। अल्लाहले इब्राहीम (अलैहिस्सलाम) लाई यसरी आदेश दिदै भन्नु भएको छ… “मानिसहरुमा हज्जको आह्वान गर, उनीहरू पैदल तथा ऊँटमा चढेर दुनियाँको कुनाकाप्चाबाट आउने छन्।” (श्रोत- सूरह अल्-हज्ज : २२/३८)