मदिरा र नशालु पदार्थहरु

मदिरा र नशालु पदार्थहरु

मदिराको अर्थ- यी ती वस्तुहरू हुन्, जसले मानिसको मस्तिष्कलाई धुत्त बनाई दिन्छ वा त्यसलाई अलमल्ल पार दिन्छ वा त्यसमा नकारात्मक प्रभाव पार्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “प्रत्येक नशालु पदार्थ मदिरा (खमर) हो र मदिरा अवैध छ।” (श्रोत- मुस्लिम : २००३) चाहे त्यो फलफूल, जस्तै… अंगुर, किश्मिस, खजुर वा अन्नहरु, जस्तै… गहुँ, जौ, मकै, चामल वा गुलियो पदार्थ, जस्तै… महबाट तयार पारिएको होस्। त्यसैले मस्तिष्कलाई छोप्ने हरेक प्रकारको नशालु पदार्थहरू, जुनसुकै नाम र रङ्गमा होस्, यद्यपि जूस, मिठाई र चकलेटमा मिसाइएको होस् सबै अवैध छन्।

इस्लामले बुद्धिलाई बर्बाद पार्ने हरेक कुरालाई अवैध गरेको छ। .

बुद्धिको सुरक्षा-

इस्लाम मानिसहरुको भौतिक र आध्यात्मिक दुवै चाहनालाई सुरक्षित गर्दछ। विशेष गरी पाँच आवश्यक कुराहरु; धर्म, ज्यान, बुद्धि, माल तथा बंशको सुरक्षा प्रदान गर्दछ।

मानिस बुद्धि र विवेकले गर्दा नै सक्षम, सर्वश्रेष्ठ प्राणी तथा ईश्वरीय चयन प्राप्त गरेको छ। त्यसैले इस्लामले मानिसको बुद्धि र प्रतिष्ठालाई कमजोर वा बरबाद पार्ने सम्पूर्ण कुराहरुबाट जोगाउँदछ।

मदिराको हुकुम-

मदिरा सेवन गर्नु महापाप हो। कुरआन र हादीसले जड्याहालाई ठूलो चेतावनी दिएको छ। तीमध्ये केही यस प्रकार छन्…

  • अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! मदिरा सेवन गर्नु, जुवा खेल्नु, अल्लाह बाहेकको नाममा बलि दिनु तथा पासा खेल्नु अपवित्र र शैतानी कार्यहरू हुन्। त्यसैले यी कुराहरूबाट टाढा बस। यसरी तिमीहरु सफल हुनेछौ।” (श्रोत- (सूरह अल्-माइदा : ५/९०) अल्लाहले यसलाई अपवित्र र शैतानी घृणित कार्यको संज्ञा दिनु भएको छ। यसलाई त्याग्नै पर्छ, नत्र सफलता प्राप्त हुन सक्दैन।
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “सम्पूर्ण प्रकारका मदिरा र नशालु पदार्थहरु अवैध छन्। जसको दुनियाँमा मदिरा सेवन गर्दा गर्दै मृत्यु भयो, उसले परलोकमा पवित्र मदिरा सेवन गर्न पाउँदैनन्।” (श्रोत- मुस्लिम : २००३)
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ईमान र मदिरा सेवन गर्नु दुवै एकसाथ हुन सक्दैनन् भन्नु भएको छ… “जुन बेला जड्याहा मदिरा सेवन गर्छ, त्यसबेला ऊ आस्थावान हुँदैन।” (श्रोत- बुखारी : ५२५६, मुस्लिम : ५७)
  • इस्लामले जड्याहाको लागि सजाय तोकेको छ, उसको मानवता हिन हुन्छ र समाजमा उसको साक्षी मान्य हुँदैन।
  • जसको मृत्यु मदिरा सेवन गर्दा गर्दै तौबा (प्रायश्चित) बिना हुन्छ, उसको लागि कष्टकर यातना छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जो व्यक्ति मदिरा सेवन गर्छ, अल्लाहले उसलाई नरकवासीहरुको मलमूत्र खुवाउनु हुनेछ।” (श्रोत- मुस्लिम : २००२)
  • मदिरा बनाउने, खुवाउने, नजिक र टाढाबाट त्यसमा मद्दत पुर्याउनेलाई यो चेतावनी हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मदिरा व्यवसाय र यस्ता क्रियाकलापमा संलग्न १० व्यक्तिहरुलाई श्राप दिनु भएको छ… मदिरा बनाउने, जम्मा गर्ने, सेवन गर्ने, बोक्ने, ल्याउने, लैजाने, व्यपार गर्ने, त्यसको मूल्य खाने, किन्ने र जसको लागि किनेर ल्याइन्छ।” (श्रोत- तिर्मिजी : १२९५)