महरमबाहेकका महिला र पुरुष बीच सम्बन्धका सिद्धान्तहरु

महरमबाहेकका महिला र पुरुष बीच सम्बन्धका सिद्धान्तहरु-

  1. १) दृष्टिलाई तल गर्नु-

अवैध कुराबाट नजर तल गर्नु भनेको मन र मस्तिष्कलाई पवित्र पार्नु हो।  

मुस्लिमले महरमबाहेकका महिलाहरुलाई हेर्नु हुँदैन। त्यसैगरी पर स्त्रीहरूको लवाइ, हिँडाइ, बोलाइ र यौन उत्तेजित गर्ने कुराहरुलाई ट्वाल्ल परेर हेर्नु हुँदैन।

इस्लामले पुरुष र महिला दुवै पक्षलाई दृष्टि नियन्त्रण गर्ने र आँखा नजुधाउने आदेश दिएको छ, ’cause यसले मन र मस्तिष्कलाई पवित्रता प्रदान गर्दछ। दृष्टिलाई नियन्त्रण गरिएन भने समाजमा अनैतिक कार्य र अश्लीलता फस्टाउँदै जान्छ। अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई आदेश दिदै भन्नु भएको छ… “आस्थावान पुरुषहरुलाई आफ्ना आँखा तल झुकाएर हिंड्न र आफ्ना गुप्ताङ्गलाई सुरक्षित राख्न आदेश देऊ। यसले उनीहरुलाई पवित्रता प्रदान गर्दछ। अल्लाह उनीहरुको क्रियाकलापदेखि अवगत हुनुहुन्छ। त्यसैगरी आस्थावान महिलालाईहरुलाई आफ्ना आँखा तल झुकाएर हिंड्न र आफ्ना गुप्ताङ्गलाई सुरक्षित राख्न आदेश देऊ।” (श्रोत- सूरह अन्नूर : २४/३०-३१)

यदि अवैध कुरामाथि अचानक आँखा पर्यो भने तुरुन्तै अर्कोतिर आँखा फेर्नु पर्दछ। त्यसलाई ट्वाल्ल परेर वा बारम्बार फर्केर हेर्नु हुँदैन। त्यस्तै पत्रपत्रिका, टेलिभिजन र इन्टरनेटमा रहेका अश्लील तस्वीर, भिडियो तथा यौन उत्तेजित गर्ने कुराहरु हेर्नु हुँदैन।

  1. २) सद-व्यवहार गर्नु-

महरमबाहेकका पर स्त्रीहरुसित अलि दुरी राखेर सभ्य र सरल भाषमा कुराकानी गर्नु पर्छ। कुराकानी गर्ने क्रममा अश्लीलता र यौन उत्तेजना निम्त्याउने क्रियाकलापबाट टाढा रहनु पर्दछ।

  • अल्लाहले नारीहरुलाई पर पुरुषहरूसित मिठो र चिप्लो कुरा गर्नुलाई अवैध गर्नु भएको छ। आवश्यकता अनुसार सीधा र स्पष्ट कुरा गर्न सकिन्छ। अल्लाहले भन्नु भएको छ… “तिमीहरु मीठो-मीठो कुरा नगर, अन्यथा पापी मन भएको व्यक्तिले अर्कै अर्थ लगाउँछ। बरु स्पष्ट कुरा गर।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ३२)
  • त्यसैगरी कसैलाई आकर्षित हुने गरेर हिंड्न वा श्रृङ्गारपटार प्रदर्शन गर्न अवैध गरेको छ। अल्लाहले भन्नु भएको छ… “नारीहरूले आफ्ना खुट्टा भुइँमा बजार्दै नहिडुन्, ताकि पुरुषहरुले उनीहरुले लगाएको श्रृङ्गार थाहा पाउन्।” (श्रोत- सूरह अन्नूर : २४/३२)
  1. ३) एकान्तमा भेट्नु अवैध छ-

महरमबाहेकका पर स्त्रीहरूसँग एकान्तमा एक्लै भेट्नु पुरुषको लागि अवैध छ, ’cause यसले अश्लीलता र अनैतिकतालाई निम्त्याउँछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “पुरुष जब कुनै पर स्त्रीसँग एकान्तमा भेट्छ भने त्यहाँ तेस्रो पक्ष शैतान हुन्छ (जसले दुवैलाई कुकर्मको निमन्त्रणा दिन्छ)।” (श्रोत- तिर्मिजी : २१६५)

  1. ४) पर्दा (बुर्का)-

अल्लाहले नारीलाई पर्दा गर्ने अथवा आफ्नो शरीरलाई छोप्ने आदेश दिनु भएको छ, किनकि ’emको शरीरलाई आकर्षक र सुन्दर बनाएको छ, जसले पुरुषलाई प्रलोभनमा पार्न सक्छ।

अल्लाहले विभिन्न उद्देश्यहरुले गर्दा पर्दा अनिवार्य गर्नु भएको छ, तीमध्ये केही यस प्रकार छन्…

  • महिलाले पनि मान-मर्यादाका साथ आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा शैक्षिक र व्यवहारिक क्रियाकलापहरुमा केही योगदान पुर्याउन सकून्।
  • एकातिर अनैतिक सम्बन्ध, बलात्कार र महिलामाथि हुने हिंसात्मक घटनाहरुबाट समाजलाई पवित्र राख्न   सकिन्छ भने अर्कोतिर महिलाको मान-मर्यादालाई जोगाउन सकिन्छ।
  • महिलाको हकहितको लागि काम गर्नेहरुलाई यसबाट सहयोग मिल्छ र नारीसँग सभ्य व्यवहार गर्ने अवसर मिल्छ। यसरी उनीहरुसँग भएका ज्ञान, विज्ञान र प्रतिभाबाट समाज सुधार कार्यमा टेवा पुर्याउन सकिन्छ, किनकि उनीहरू यौन तृष्णा मेटाउने र रमाउने कुनै खेलौना होइनन्।