मुहम्मद अल्लाहका नबी र रसूल हुन् भन्ने कुरामाथि आस्था राख्नु

मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहका नबी र रसूल हुन् भन्ने कुरामाथि आस्था राख्नु-

  • मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहका सच्चा भक्त र रसूल हुन्, अघिल्ला र पछिल्ला सबैका सरदार हुन्, उहाँ नै अन्तिम रसूल हुन्। उहाँपछि कुनै अर्को रसूल आउनु हुने छैन, उहाँले अल्लाहको सन्देशलाई हामीसम्म पूर्ण रुपमा पुर्याउनु भयो र उहाँको काँधमा सुम्पिएको जिम्मेवारीलाई राम्ररी निर्वाह गर्नु भयो भनेर हामी आस्था राख्छौं।
  • उहाँले दिनु भएको सूचनाको पुष्टि गर्छौं, उहाँको आदेशको पालना गर्छौं, उहाँले हराम (निषेध) गर्नु भएको कुराबाट टाढा बस्छौं, उहाँको तरिका अनुसार अल्लाहको उपासना गर्छौं र जीवनको पाईला-पाईलामा उहाँको जीवनलाई आफ्नो लागि आदर्श मान्छौं। अल्लाहले भन्नु भएको छ… “निश्चय नै रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जीवन तिमीहरुका लागि उच्च आदर्श हो। जो कोही अल्लाहसितको साक्षात्कार, अन्तिम दिनको आशा राख्दछ र अल्लाहलाई धेरै स्मरण गर्दछ।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ २१)
  • हामीले आफ्ना आमा-बुवा, छोरा-छोरी तथा सम्पूर्ण मानिसहरु भन्दा बढी माया उहाँलाई गर्नु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जबसम्म तिमीहरु आफ्ना आमा-बुवा, छोरा-छोरी तथा समस्त मानिसहरु भन्दा बढी माया मलाई गर्दैनौ तबसम्म तिमीहरु आस्थावान बन्न सक्दैनौ।” (श्रोत- बुखारी : १५, मुस्लिम : ४४) उहाँसँगको साँचो माया भनेको उहाँको अनुसरण गर्नु हो। साँच्चिकै, उहाँको पूर्ण अनुसरण नगरुन्जेल न त उहाँको साँचो माया पाउन सकिन्छ न त मार्गदर्शन नै। अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरुले उहाँको आज्ञापालन गर्यौ भने अवश्य नै सत्य मार्ग पाउने छौ। सुन, रसूलको कर्तब्य सन्देश पुर्याउनु मात्र हो।” (श्रोत- सूरह अन्नूर : २४/५४)
  • हामीले उहाँका सम्पूर्ण सुन्नत (तरिका) हरुलाई आदरपूर्वक स्वीकार गर्नु पर्छ। अल्लाहले भन्नु भएको छ… “होइन, तिम्रा पालनकर्ताको कसम ! जबसम्म यिनीहरुले आपसी झैं-झगडामा तिमीलाई न्यायाधीश मान्दैनन्, तिमीले गरेको फैसलालाई बिना कुनै दुविधा सदर गर्दैनन् र त्यसमाथि पूर्ण समर्पण गर्दैनन् भने तबसम्म आस्थावान बन्न सक्दैनन्।” (श्रोत- सूरह अन्-निसा : ४/६५)
  • हामीले उहाँको अवज्ञादेखि सधैं सतर्क हुनु अनिवार्य छ। ’cause उहाँको अवज्ञाले दु:खदायी पीडा र नराम्रो परिणाम भोग्नु पर्छ। अल्लाहले भन्नु भएको छ… “उहाँको आदेश उल्लंघन गर्नेहरु सावधान रहुन्, कतै उनीहरुलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (श्रोत- सूरह अन्-नूर : २४/६३)

मुहम्मदको दूतत्वका विशेषताहरु-

मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को दूतत्व र विधानले अघिल्ला दूतत्वहरु भन्दा धेरै महत्वपूर्ण विशेषताहरु बोकेको छ, जस्तै…

  • उहाँको दूतत्व अघिल्ला दूतत्वहरुलाई समाप्त पार्ने अन्तिम सन्देश हो। अल्लाहले भन्नु भएको छ… “मुहम्मद तिमीहरुमध्ये कुनै व्यक्तिका पिता होइनन्, तर उनी अल्लाहका रसूल र सम्पूर्ण रसूलहरूका समापक (अन्तिम रसूल) हुन्।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/४०)
  • मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को दूतत्व र विधानले अघिका सम्पूर्ण दूतत्व र विधानहरुलाई रद्द गरेको छ। इस्लाम हुँदाहुँदै अघिल्लो धर्म र नीति, नियमको अब कुनै अर्थ रहेन, ’cause मुहम्मदको अनुसरण नगरुन्जेल कुनै पनि धर्म अल्लाहको दरबारमा स्वीकृत हुन सक्दैन। अल्लाहले आफूसम्म आउने सम्पूर्ण बाटोहरूलाई बन्द गरेर मात्र इस्लामको बाटोलाई खुला गर्नु भएको छ। वास्तवमा उहाँ सर्वश्रेष्ठ रसूल हुन्, उहाँका अनुयायीहरु सर्वश्रेष्ठ हुन् र उहाँको विधि-विधान पनि पूर्ण छ। अल्लाहले भन्नु भएको छ… “जसले इस्लाम बाहेक अन्य कुनै धर्म ग्रहण गर्न खोज्छ उसको धर्म कदापि स्वीकार हुने छैन र ऊ परलोकमा क्षतिग्रस्त हुनेछ।” (श्रोत- सूरह आलि-इमरान : ३/८५) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहको कसम; जसको हातमा मेरो ज्यान अडेको छ यहूदी, ईसाइ या जो सुकै मेरो ’boutमा थाहा पाइसकेपछि ममाथि विश्वास गर्दैन भने ऊ नरकमा जानेछ।” (श्रोत- मुस्लिम : १५३, अहमद : ८६०९)

 

  • मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को दूतत्व मानिस र जिन्न लगायत सिङ्गै संसारको लागि हो। अल्लाहले जिन्नको कथनलाई यसरी वर्णन गर्नु भएको छ… “हे हाम्रा बन्धुहरु हो, अल्लाहतर्फ आह्वान गर्ने व्यक्तिको कुरा मान।” (श्रोत- सूरह अल्-अह्काफ : ४६/३१)

अल्लाहले भन्नु भएको छ… “(हे मुहम्मद) हामीले तिमीलाई सम्पूर्ण मानवजातिका लागि शुभ-सन्देशवाहक र सचेतक बनाएर पठाएका छौं।” (श्रोत- सूरह सबा : ३४/२८) रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहले मलाई ६ विशेष कुराहरूले सम्मानित गर्नु भएको छ जुन कुराहरु अरु रसूलहरुलाई प्राप्त भएन… जवामिउल-कलिम (कम शब्दमा बढी कुरा गर्ने शक्ति), रुवाफद्वारा मद्दत, युद्धको मैदानबाट प्राप्त धन-सम्पत्ति वैध गरिएको छ, मेरो लागि सम्पूर्ण धरतीलाई पवित्र तथा मस्जिद बनाइएको छ, मलाई सिङ्गो संसारकै लागि अन्तिम रसूल बनाएर पठाइएको छ र ममाथि दूतत्व समाप्त गरिएको छ।” (श्रोत- बुखारी : २८१५, मुस्लिम : ५२

 

रसूलहरुमाथि आस्थाका केही फाइदाहरु-

रसूलहरुमाथि आस्थाका निकै फाइदाहरु छन्, तीमध्ये केही यस प्रकार छन्-

  1. १) भक्तहरुमाथि रहेका अल्लाहको दया र कृपाको ज्ञात हुन्छ। उनीहरुको मार्गदर्शनको लागि रसूलको व्यवस्था गर्नु भयो, ’cause मानिसको बुद्धि जति सुकै ठूलो भए पनि ईबादतका सही तरिकाहरु रसूलद्वारा नै प्राप्त गर्नु पर्दछ। अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को ’boutमा भन्नु भएको छ… “हामीले तिमीलाई सम्पूर्ण संसारबासीहरुका लागि दयावान बनाएर पठाएका छौं।” (श्रोत- सूरह अल्-अंबिया : २१/१०७)

  2. २) अल्लाहले प्रदान गर्नु भएको ठूलो वरदानप्रति कृतज्ञता व्यक्त गर्नु।

  3. ३) सम्पूर्ण रसूलहरुसँग हृदयदेखि माया गर्नु, उनीहरुलाई सम्मान गर्नु र उनीहरुको स्थान अनुसार सुहाउने प्रशंसा गर्नु, ’cause उनीहरुले अल्लाहको उपासना गरे, उहाँका सन्देशहरुलाई पुर्याए र अल्लाहका भक्तहरुलाई उपदेश दिए।

  4. ४) सम्पूर्ण रसूलहरुले दिनु भएका एकेश्वरवादको सन्देशलाई तन, मन र वचनले मान्नु र त्यस बमोजिम कर्म गर्नु, ’cause यसैमा लोक-परलोकका सफलता, असल सुख र शान्ति निहित छ। अल्लाहले भन्नु भएको छ… “जो मेरो मार्गदर्शन अनुसार जीवन यापन गर्छ ऊ न पथभ्रष्ट हुनेछ, न अभागी नै र जो मेरो प्रशंसाबाट विमुख रहन्छ उसको जीवन संकीर्ण र कष्टपूर्ण हुनेछ।” (श्रोत- सूरह ताहा : २०/१२३-१२४)