युद्ध सम्बन्धी इस्लामको आचरण

युद्ध सम्बन्धी इस्लामको आचरण-

  1. १- शत्रुसँग न्याय-निसाफ गर्न र अत्याचार नगर्न आदेश- अल्लाहले भन्नु भएको छ… “कुनै समुदायको शत्रुताले कसैमाथि अन्याय होइन निसाफ गर, यो नै इश-भय हो।” (श्रोत- सूरह अल्-माइदा : ५/८) शत्रुताको क्रोधमा मातेर कुनै समुदायमाथि कदापि अन्याय गर्नु हुँदैन, बरु कठिन परिस्थितिमा पनि आफ्नो र बिरानो सबैसँग न्यायपूर्वक व्यवहार गर्नु पर्दछ।  
  2. २- शत्रुसँग धोका र विश्वासघात नगर्न आदेश- ’cause अल्लाहले शत्रुसँग पनि विश्वासघात र धोकालाई अवैध गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “निश्चय नै अल्लाहले विश्वासघातीहरुलाई कदापि मन पराउनु हुन्न।” (श्रोत- सूरह अल्-अन्फाल : ८/५८)
  3. ३- लाशलाई अङ्गभङ्ग र विरूप नगर्न आदेश- इस्लामले लाशलाई अङ्गभङ्ग र विरूप नगर्न आदेश दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “लाशलाई छिन्न-भिन्न र विरूप नगर।” (श्रोत- मुस्लिम : १७३१)
  4. ४- युद्धमा सरोकार नराख्ने सर्वसाधारण व्यक्तिलाई हत्या र पर्यावरणलाई बर्बाद नगर्न आदेश- मुस्लिमहरुको खलीफा (उत्तराधिकारी) र सर्वप्रतिष्ठित सहाबी अबु-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले जैद पुत्र ओसामालाई युद्धको लागि सिरियातर्फ पठाउदा, यसरी उपदेश दिनु भयो… “बाल-बालिका, वृद्ध-वृद्धा तथा महिलाहरुलाई कदापि हत्या नगर्नु, खजुर तथा फलदार वृक्षलाई कदापि बर्बाद नगर्नु, भेंडाबाख्रा, गाई तथा ऊँटलाई बदलाको भावनाले नमार्नु। अँ, खानको लागि जबह गर्न सकिन्छ। गिर्जा, गुम्बा र त्यसमा उपासनाको लागि समर्पित भएका व्यक्तिहरुलाई केही हानि नपुर्याउनु।” (श्रोत- इब्ने-असाकिर : २/५०)