वैधानिक तरिकाले जबह गर्नु (रेट्नु)-
इस्लामि विधि अनुसार जबह वा नहर गर्नु हो।
जबह गर्ने इस्लामि शर्तहरु…
- १) जबह गर्ने व्यक्ति मुस्लिम वा अहले-किताब (यहूदी वा ईसाइ) हुनुपर्दछ।
- २) जबह गर्ने हतियार धारिलो र उपयुक्त हुनुपर्छ, जसले जबह गर्दा रगत निस्कियोस्, जस्तै… छुरी। जनावरलाई थिचेर वा जनावरको टाउकोमा हनेर वा बिजुलीको करेन्ट लगाएर मार्नु अवैध छ।
- ३) जबह गर्ने (रेट्ने) बेला बिस्मिल्लाह भन्नु पर्छ।
- ४) जबह गर्ने बेला घाँटीका ठूलो नसाहरुलाई काट्नु पर्छ, खाने नली, हावाको नली, दुवै धमनीहरु इत्यादि।
उपर्युक्त शर्तहरूलाई ध्यानमा राखेर जबह गर्यो भने जनावर वैध (हलाल) हुन्छ, नत्र जनावर हलाल हुँदैन।