वैध जनावरहरू के के हुन्?

वैध जनावरहरू के के हुन्?

वास्तवमा सबै जनावरहरु वैध (हलाल) छन्, कुरआन र हदीसबाट अवैध प्रमाणित नहुन्जेल सम्पूर्ण जनावरहरु वैध (हलाल) र खान योग्य छन्।

अवैध जनावरहरु निम्न प्रकारका छन्-

अवैध जनावरहरु निम्न प्रकारका छन्-

  1.  सुँगुर- यो जनावर र यसका सबै अङ्गहरु तथा यसबाट तयार पारिएका सबै वस्तुहरु अवैध र अपवित्र छन्। अल्लाहले भन्नु भएको छ… “मृत, रगत र सुँगुरको मासु तिमीहरुका लागि अवैध गरिएको छ।” (श्रोत- सूरह अल्-माइदा : ५/३) अल्लाहले अर्को श्लोकमा भन्नु भएको छ… “सुँगुरको मासु अपवित्र छ।” (श्रोत- सूरह अल्-अन्आम : ६/१४५)

    इस्लामले वैध गरेका सम्पूर्ण जनावरहरुलाई जबह गरिसकेपछि खानु जायज छ।

  2. २) तिखा दाँत भएका जङ्गली जनावरहरु- अर्थात मासु खाने सबै जनावरहरु, ठूलो होस्, जस्तै… बाघ, चितुवा वा सानो, जस्तै… बिरालो र कुकुर।
  3. ३) पन्जाले शिकार गर्ने चराचुरुङ्गीहरु- मासु खाने सबै चराहरु, जस्तै– बाज, गिद्ध, उल्लु आदि।
  4. ४) कीरा फट्यांग्राहरु- थलचरमा रहेका सम्पूर्ण कीरा फट्यांग्राहरुलाई खानु हुँदैन, ’cause त्यसलाई जबह गर्न सकिन्न। तर तिद्री यसबाट अलग छ, यसलाई खान सकिन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “हाम्रो लागि दुईवटा मृत कुराहरु वैध (हलाल) गरिएका छन्, माछा र तिद्री।” (श्रोत- इब्ने माजा : ३०१८)
  5. ५) सर्प, अजिङ्गर र मुसाहरु- यी जीवहरुलाई खानु अवैध छ, बरु यसलाई मार्नु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “पाँचवटा खतरनाक जनावरहरु छन्, जसलाई हरम (निषेधित क्षेत्र) भित्र र बाहिर जुनसुकै ठाउँमा मार्न सकिन्छ : सर्प, कालो काग, मुसा, बौलाहा कुकुर र गिद्ध।” (श्रोत- बुखारी : ३१३६, मुस्लिम : ११९८)
  6. ६) पाल्तु गधा- जसलाई मानिसहरु गाउँघरमा चढ्ने  र मालसामान ओसारपसार गर्नमा प्रयोग गर्छन्।

वैध जनावरका प्रकारहरु-

अल्लाहले जुन जनावरहरुलाई वैध (हलाल) गर्नु भएको छ, ती दुई प्रकारका छन्…

  • जङ्गली जनावरहरु- वनजङ्गलमा रहने जनावरहरु, जसलाई समातेर जबह गर्नु गाह्रो हुन्छ भने त्यसलाई इस्लामि तरिकाले शिकार गरेपछि जायज हुन्छ।
  • घरपालुवा जनावरहरु- जसलाई समात्न सजिलो हुन्छ भने त्यसलाई इस्लामि तरिकाले जबह नगरुन्जेल खानु हुँदैन।