व्यक्ति र समाजमाथि पर्न गएका ब्याजका नकारात्मक प्रभावहरु

व्यक्ति र समाजमाथि पर्न गएका ब्याजका नकारात्मक प्रभावहरु-

इस्लामले ब्याजको मामिलामा अति कठोरता आपनाएको छ, ’cause यसले व्यक्ति, समाज र सिङ्गो संसारलाई तहसनहस र छियाँ-छियाँ पारेको छ, तीमध्ये केही यस प्रकार छन्…

  1.  मालको विभाजनमा छिन्न-भिन्न र धनी गरीब बीच ठूलो खाडल-

ब्याजले गर्दा धन-सम्पत्ति, समाजको एक समूहमा मात्र सीमित भएर जान्छ र आम मानिसहरु त्यसबाट बन्चित हुन्छन्। यसरी धनवानहरु रातारात करोडपति बन्छन् भने समाजका गरीब र कमजोर मानिसहरू जाडो-गर्मी, सुख-दु:ख, वर्षा-आँधीमा मरिहत्ते गरी काम गर्दा पनि दुई छाक टार्न धौ-धौ परेको हुन्छ। त्यसैले यस्तो समाजमा चोरी, डाँका, लुटपाट तथा इर्ष्याका घटनाहरु बढी हुने गर्छन्।  

  1. अत्याधिक फजुलखर्च हुन्छ र बचत हुँदैन-

ब्याजले गर्दा अनावश्यक खर्चको बानी बस्छ र बचत हुँदैन। ’cause उसलाई थाहा छ कि केही नाफा दिएर सजिलैसँग कर्जा पाउन सक्छु। अगाडि-पछाडि नहेरिकन नचाहिँदो कुराहरुमा अनावश्यक खर्च गर्छ। यसरी ऋणमा चुर्लुम्म डुब्छ र जीवन कष्टकर हुन जान्छ अनि खाएको ऋण कैयौं पुस्ताले तिर्नु पर्ने हुन्छ।

  1. ब्याजले गर्दा धनवानहरु मुलुकका नाफामुलक कार्यमा लगानी गर्दैनन्-

ठूल-ठूला धनी र उद्योगपतिहरु ब्याजले नै यतिसम्म कमाउँछन् कि समाज र देशको लागि केही व्यवसाय, उद्योग खोल्ने वा लगानी गर्ने वा आयात-निर्यात गरेर समाजका गरीब व्यक्तिहरु र राष्ट्रलाई फाइदा पुर्याउने सोच पनि आउँदैनन्। ’cause व्यसायमा परिश्रम गर्नु पर्छ, तर ब्याजको कारोबारमा बसि-बसि खान पाइन्छ।

  1.  ब्याजले धन-सम्पत्तिको अभिवृद्धिलाई समाप्त र अर्थतन्त्रलाई ध्वस्त पार्छ-

ठूल-ठूला उद्योग र व्यक्तिहरुको आर्थिक हरेस तथा पतन हुनको प्रमुख कारण ब्याजमा चुर्लुम्म डुब्नु नै हो। अल्लाहले ब्याजको अभिवृद्धिलाई खतम पार्नु हुन्छ भन्ने कुराको यो एउटा ठूलो प्रमाण हो। तर दीनदुःखीलाई दान दिएमा अल्लाहले घरपरिवारको सुख, शान्ति र धन-सम्पत्तिमा अत्याधिक अभिवृद्धि गरी दिनुहुन्छ। अल्लाहले भन्नु भएको छ… “अल्लाहले ब्याजलाई निर्मुल र दानमा वृद्धि गर्नुहुन्छ।” (श्रोत- सूरह अल्-बकरह : २/२७६)