सलाहलाई खराब (मकरुह) गर्ने कुराहरु-
सलाहको एकाग्रता, मर्यादा र पुण्यमा कमी ल्याउने कुराहरूलाई मकरुह भनिन्छ, यी निम्न हुन्…
- १. सलाहमा यताउता हेर्नु नराम्रो कुरा हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सलाहमा यताउता हेर्ने ’boutमा सोधियो, उहाँले भन्नु भयो… “शैतानले मानिसको सलाहमा हिनामिना गर्छ अनि ऊ यताउता हेर्न थाल्छ।” (श्रोत- बुखारी : ७१८)
- २. सलाहमा हात, अनुहार वा कुनै वस्तुसँग खेल्नु, औंला पड्काउनु र हातलाई कम्मरमाथि राख्नु नराम्रो कुरा हो।
- ३. दिसा-पिसाबले च्यापेको वा बेस्सरी भोक लागेको बेला सलाह पढ्नु नराम्रो कुरा हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “खाना पस्की सकेपछि वा जोडले दिसा-पिसाब लागेको बेला सलाह पढ्नु हुँदैन।” (श्रोत- मुस्लिम : ५६०)