हज्ज (तीर्थयात्रा)

हज्जको अर्थ-

हज्ज गर्नको लागि अल्लाहको घरको यात्रा गर्नु। यी रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट प्राप्त विशेष क्रियाकलाप र केही भनाईहरु हुन्, जस्तै… एहाराम लगाउनु, काबाको सात पटक तवाफ (परिक्रमा) गर्नु, सफा र मर्वा बीच सात चक्कर सई गर्नु, अर्फातको मैदानमा बस्नु तथा मिनामा जमरातहरुलाई ढुङ्गा हान्नु इत्यादि।

यसमा भक्तजनहरुका लागि महान उपलब्धिहरु छन्, अल्लाहको तौहीद (एकत्व) को सार्वजनिक घोषणा, हाजीहरुका लागि महान क्षमादान, विश्वकै मुस्लिमहरु बीच चिनजान, भाइचारा स्थापित गर्ने अवसर र इस्लामका विधि-विधानहरु सिक्ने स्वर्ण ऋतु इत्यादि।

हज्जको समय-  हज्जका प्रक्रियाहरु इस्लामि पात्रो अनुसार बार्हौ महिनाको आठ जिलहिज्जादेखि तेरह (८-१३) जिलहिज्जासम्म केन्द्रित हुन्छ।

कसले अनिवार्य रुपमा हज्ज गर्नु पर्छ?

काबाको सात चोटि तावफ (परिक्रमा) गर्नु हज्ज र उमराको एउटा आधार हो। .

हज्ज फर्ज हुनको लागि सक्षम र सामर्थ्य मुस्लिम हुनुपर्छ। (सक्षम भनेको बुद्धिमान र बालिग हो, जसको ’boutमा अघि वर्णन भईसकेको छ)।

सामर्थ्यको अर्थ-

वैधानिक तरिकाले मक्कासम्म पुग्न सक्नु, बिना अत्याधिक परिश्रम हज्जका विधिहरू पूरा गर्नु, साधारण यात्रा भन्दा बढी परिश्रम नहुनु, जीउधनको सुरक्षा हुनु, घरदेखि मक्कासम्म सम्पूर्ण खर्च बेहोर्ने क्षमता हुनु र यसबाट घरपरिवारलाई केही नकरात्मक असर नपर्नु इत्यादि सबै सामर्थ्य अन्तर्गत पर्दछ।

हज्जको लागि क्षमताका अवस्थाहरु

  1. १) व्यक्तिगत रुपमा हज्ज गर्न सक्षम हुनु, अर्थात बिना अत्याधिक परिश्रम स्वयम् मक्कासम्म पुग्ने क्षमता र साथमा पर्याप्त बाटो खर्छ छ भने उसले व्यक्तिगत रुपमा हज्ज गर्नु अनिवार्य छ।
  2. २) अरुद्वारा हज्ज गराउन सक्षम हुनु, अर्थात रोग वा बुढेसकालले गर्दा शारीरिक रुपमा आफू जान सकदैन, तर ऊ माल खर्च गर्न सक्षम छ भने उसले सबै खर्च बेहोरेर अरुलाई पठाएर ‘हज्ज बदल’ गराउनु पर्छ।
  3. ३) शारीरिक तथा आर्थिक रुपमा असमर्थ व्यक्तिमाथि हज्ज गर्नु अनिवार्य छैन।

जस्तै… जुन व्यक्तिसँग आफ्नो घरपरिवारको आवश्यक खर्च भन्दा बढी माल छैन भने उसमाथि हज्ज फर्ज छैन।

र हज्जको लागि माल जम्मा गरि राख्नु पर्दैन, तर जुन बेला सक्षम हुनेछ त्यसबेला हज्ज गर्नु पर्छ।

महिलाको हज्जको लागि महरम साथमा हुनु शर्त छ

महिलाको हज्जको लागि साथमा महरमको उपस्थिति अनिवार्य छ। महरम भनेको, श्रीमान वा जुन व्यक्तिसँग उसको बिहे हुन सक्दैन, जस्तै…  बुवा, हजुरबा, छोरा, नाती, भाइ, भतिजा र उनीहरुका सन्तानहरु, काका र मामा।(पृष्ठ न० १९० हेर्नुहोस्)

यदि महिलाले विश्वासिलो समूहको साथमा बिना महरम हज्ज गर्छिन् भने उसको हज्ज पूरा हुनेछ।

  • के तपाई शारीरिक र आर्थिक रुपमा हज्ज गर्न सक्नु हुन्छ?
    • हो- => तपाईले व्यक्तिगत रुपमा हज्ज गर्नु अनिवार्य छ।
    • होइन- => के तपाईसँग पर्याप्त माल छ, तर निको नहुने रोग वा बुढेसकालले गर्दा शारीरिक रुपमा हज्ज गर्न सक्षम हुनुहुन्न?
      • हो- => तपाईले सबै खर्च बेहोरेर अरुलाई पठाएर ‘हज्ज बदल’ गराउनु पर्छ।
      • होइन- => यदि तपाईसँग आफ्नो घरपरिवारको आवश्यक खर्च बाहेक पर्याप्त माल छैन भने तपाईमाथि हज्ज फर्ज छैन र हज्जको लागि मरिहत्ते गरी माल जम्मा गरि राख्नु पर्दैन।