कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
हज्जका विशेषताहरु
हज्जका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्-
- १) यो सर्वोत्कृष्ट सत्कर्म हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोधियो, सर्वोत्कृष्ट कर्म कुन हो ? उहाँले जवाफ दिनु भयो… “अल्लाह र उहाँको रसूलमाथि आस्था राख्नु” फेरी सोधियो… त्यसपछि कुन हो ? उहाँले जवाफ दिनु भयो… “अल्लाहको बाटोमा युद्ध गर्नु” फेरी सोधियो… त्यसपछि कुन हो ? उहाँले जवाफ दिनु भयो… “हज्ज मबरुर (स्वीकृत हज्ज)।” (श्रोत- बुखारी : १४४७, मुस्लिम : ८३)
- २) क्षमायाचनाको स्वर्ण ऋतु हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसले हज्ज गर्दा लसपस र लडाई झगडा केही पनि गरेन भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ।” (श्रोत- बुखारी : १४४९, मुस्लिम : १३५०)
- ३) नरकबाट मुक्ति पाउने ठूलो अवसर हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहले भक्तजनहरुलाई सबैभन्दा अत्याधिक मुक्ति अर्फातको दिन प्रदान गर्नुहुन्छ।” (श्रोत- मुस्लिम : १३४८)
- ४) यसको प्रतिफल स्वर्ग नै हो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “हज्ज मबरुर (स्वीकृत हज्ज) को प्रतिफल स्वर्ग नै हो।” (श्रोत- बुखारी : १६८३, मुस्लिम : १३४९)
यी र यस्ता अन्य विशेषता, प्रतिदान र नरकको मुक्ति पाउनको लागि सर्वप्रथम आफ्नो नीयत र मनसायलाई शुद्ध र स्वच्छ पार्नु पर्दछ, भनाई र गराईमा एकरुपता हुनुपर्दछ तथा यी सबै कुराहरुमा पूर्ण रुपमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्नु पर्छ।

