कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
लागूपदार्थहरु
लागूपदार्थको सेवन- स्थानीय रुपमा बोटबिरुवाबाट तयार पारिएको होस् वा विदेशबाट आयात गरिएको होस्, चाहे नाकद्वारा सुँघेर वा मुखबाट निलेर वा सूईद्वारा लिएर वा जुनसुकै तरिकाले प्रयोग गरियोस् यो महापाप हो। यसले मानिसको बुद्धि र पाचनक्रियालाई बर्बाद पार्नका साथै मांसपेशीका विभन्न रोगहरुलाई निम्तियाउँछ, यसको लत लागिसकेपछि जीवनभर पछुताउनु पर्दछ र मृत्युले नै यसको समाप्ति हुन्छ। अल्लाहले भन्नु भएको छ… “आफैंले आफ्नो खुट्टामा बन्चरो नहान, वास्तवमा अल्लाह तिमीहरुप्रति अति दयालु हुन्।” (श्रोत- सूरह अन्-निसा : ४/२९)
