कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
समुद्री खानेकुराहरु
पानीमा रहने र पानी बाहिर धेरै बेर बस्न नसक्ने जलचरहरुलाई समुद्री खानेकुराहरु भनिन्छ।
समुद्र भनेको धेरै पानी भएको ठाउँ हो। यसले खोला, नदी र सागरहरु सबैलाई समेटेको छ।
समुद्रमा भेटिएका सम्पूर्ण खानेकुराहरु, जस्तै… जनावर, वनस्पति, शिकार गरिएको वा मृत फेला परेको स्वास्थ्यको लागि हानिकारक छैन भने खान जायज छ।
अल्लाहले भन्नु भएको छ… “तिमीहरुका लागि समुद्रका शिकार र खानेकुराहरु वैध गरिएका छन्।” (श्रोत- सूरह अल्-माइदा : ५/९६)
समुद्रबाट जीवित समातिएकालाई शिकार र मृत फेला परेकालाई खानेकुरा भनिएको छ।
थलचर जनावरहरु
पानी बाहिर रहेका जनावरहरुलाई खानको लागि दुईवटा शर्तहरु हुनु आवश्यक छन्…
- १- वैध जनवार हुनुपर्छ।
- २- त्यसको शिकार वा जबह इस्लामि तरिकाले हुनुपर्छ।

