भाग्यमाथि आस्था राख्नु (‘ईमान’ का ६ वटा आधारहरु)

भाग्यमाथि आस्था राख्नु भाग्यमाथि आस्थाको अर्थ- राम्रो र नराम्रो हरेक कुरा भाग्य विधाताको चाहना र फैसलाले नै हुन्छ, उहाँ जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, उहाँको आदेश बिना रुखको एउटा पात पनि हल्लिन सक्दैन, उहाँले जसको भाग्यमा जे कोर्नु भएको छ, त्यो भन्दा बाहिर केही हुन सक्दैन भन्ने दृढतापूर्वक आस्था राख्नु। तर…

महाप्रलयको दिनमाथि आस्था राख्नु (‘ईमान’ का ६ वटा आधारहरु)

महाप्रलयको दिनमाथि आस्था राख्नु महाप्रलयको दिनमाथि आस्थाको अर्थ- अल्लाहले मृत्यु पश्चात सम्पूर्ण व्यक्तिहरुलाई चिहानबाट जीवित पारेर उठाउनु हुनेछ, त्यसपछि हिसाब-किताब लिएर कर्म अनुसार प्रतिफल दिनु हुनेछ र स्वर्गवासी स्वर्गका महलहरुमा र नरकवासी नरकका खाल्डोमा बसोबास गर्नेछन् भन्ने कुरामाथि दृढतापूर्वक आस्था राख्नु। महाप्रलयको दिनमाथि आस्था राख्नु ईमानको एउटा आधार हो। यो…

मुहम्मद अल्लाहका नबी र रसूल हुन् भन्ने कुरामाथि आस्था राख्नु

मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहका नबी र रसूल हुन् भन्ने कुरामाथि आस्था राख्नु- मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहका सच्चा भक्त र रसूल हुन्, अघिल्ला र पछिल्ला सबैका सरदार हुन्, उहाँ नै अन्तिम रसूल हुन्। उहाँपछि कुनै अर्को रसूल आउनु हुने छैन, उहाँले अल्लाहको सन्देशलाई हामीसम्म पूर्ण रुपमा पुर्याउनु…

ईसा (अलैहिस्सलाम) प्रति मुस्लिमहरुको आस्था-

ईसा (अलैहिस्सलाम) प्रति मुस्लिमहरुको आस्था- १)  महान रसूलहरुमध्ये एउटा रसूल हुन्। सर्वश्रेष्ठ रसूलहरु यस प्रकार छन्… मुहम्मद, इब्राहीम, नूह, मूसा र ईसा (अलैहिमुस्सलाम)। अल्लाहले भन्नु भएको छ… “याद गर त्यो प्रतिज्ञालाई जो हामीले सबै नबीहरुसित, तिमीसित, नूह, इब्राहीम, मूसा र मर्यम-पुत्र ईसासित लिएका थियौं।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ७)…

रसूल (सन्देष्टा) हरुमाथि आस्था राख्नु (‘ईमान’ का ६ वटा आधारहरु)

मानिसहरुलाई धार्मिक सन्देशको आवश्यकता-   के हावा र पानी बिना सास फेर्न सकिन्छ ? सास बिनाको धड्कन चल्न सक्छ ? त्यसरी नै रसूल बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन, किनकि उनीहरु नै संसारको लागि प्रकाश र जीवन हुन्। यदि आत्मा, जीवन र प्रकाश छैन भने दुनियाँको के अर्थ ? त्यसैले…

किताबहरुमाथि आस्था राख्नु (‘ईमान’ का ६ वटा आधारहरु)

किताबहरुमाथि आस्थाको अर्थ- कुरआनको लेखन कार्य पूर्ण दक्षताका साथ गरिन्छ। अल्लाहले भक्तहरुका लागि आफ्ना रसूल (सन्देष्टा) हरुमाथि किताबहरु अवतरण गर्नु भएको छ भन्ने कुरामाथि दृढतापूर्वक आस्था राख्नु। यी ग्रन्थहरु उहाँका वाणी र वचन हुन्। यसमा  ज्ञानको ज्योति, सत्य कुरा, लोक र परलोकमा प्राप्त हुने सफलताका रहस्यहरू छन्। किताबहरुमाथि आस्था राख्नु…

फरिश्ता (देवदूत) हरुमाथि आस्था राख्नु (‘ईमान’ का ६ वटा आधारहरु)

फरिश्ताहरुमाथि आस्थाको अर्थ- फरिश्ताहरुको अस्तित्वमाथि दृढतापूर्वक आस्था राख्नु, उनीहरु मानव तथा जिन्न बाहेक अदृश्य संसारका प्राणी हुन्। उनीहरु पवित्र एवम् प्रतिष्ठित भक्त हुन्, निरन्तर अल्लाहको भक्ति गरिरहेका छन्, अल्लाहका आदेशहरूलाई कार्यान्वयन गर्न सतर्क हुन्छन् र कहिल्यै पनि उहाँको अवज्ञा गर्दैनन्। अल्लाहले भन्नु भएको छ… “उनीहरु अल्लाहका पवित्र एवम् प्रतिष्ठित भक्त…

अल्लाहका नाम र विशेषताहरुमाथि आस्था राख्नु (‘ईमान’ का ६ वटा आधारहरु)

अल्लाहले आफ्नो लागि जुन नाम र विशेषताहरु कुरआन वा हदीसमा प्रमाणित गर्नु भएको छ, ती कुराहरुमाथि जस्ताको तस्तै आस्था राख्नु। अल्लाहकै लागि राम्रा नाम र परिपूर्ण विशेषताहरु छन्। उहाँ जस्तो नाम र विशेषता अरु कसैको हुनै सक्दैन। अल्लाहले भन्नु भएको छ… “उहाँ जस्तो अरु कोही छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा…

शिर्क (बहुदेववाद)

तौहीद (एकेश्वरवाद) को विपरित शिर्क (बहुदेववाद) हो। जसरी अल्लाहमाथिको आस्था र मात्र उहाँको उपासना सर्वोत्कृष्ट पुण्य हो त्यसरी नै शिर्क सबैभन्दा घृणित र महापाप हो। तौबा (प्रायश्चित) नगरुन्जेल यो क्षमा योग्य छैन। अल्लाहले भन्नु  भएको छ… “अल्लाहले शिर्कलाई कदापि क्षमा गर्नु हुन्न तर यसबाहेकका अन्य पापलाई क्षमादान दिन सक्नु हुन्छ।”…

ईबादत (उपासना) भनेको के हो?

ईबादत- मानिसका सम्पूर्ण भनाई, गराई र क्रियाकलाप, जसलाई अल्लाहले मन पराउनु हुन्छ र गर्न आदेश दिनु भएको छ ती सम्पूर्ण सत्कर्महरुलाई ईबादत भनिन्छ। चाहे त्यो वाह्य सत्कर्म होस् जस्तै… सलाह पढ्नु, दान दिनु, हज्ज गर्नु वा आन्तरिक जस्तै… अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई माया गर्नु, अल्लाहसँग डराउनु,…