कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
एहाराम लगाउनु, काबाको सात चोटि तवाफ (परिक्रमा) गर्नु, सफा र मर्वाको बीचमा सात चक्कर सई गर्नु र कपाल खौराउनु वा सानो गराएर अल्लाहको उपासना गर्नुलाई उमरा भनिन्छ।
यसको हुकुम- सामर्थ्य व्यक्तिले जीवनमा एक पटक मात्र उमरा गर्नु अनिवार्य छ। तर बारम्बार गर्नु उत्तम र सुनमा सुगन्ध थप्नु हो।
यसको समय- सालको जुनसुकै समय र जहिले पनि यसलाई गर्न सकिन्छ, तर रमजानको महिनामा यसको पुण्य कैयौं गुणा बढ्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ- “रमजानमा उमराको पुण्य हज्जको बराबर हुन्छ।” (श्रोत- बुखारी : १८६३)

