कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
दानका उद्देश्यहरु
अल्लाहले महान उद्देश्यहरुलाई सार्थकता दिनको लागि मुस्लिमहरुमाथि दान अनिवार्य गर्नु भएको छ। तीमध्ये केही निम्न छन्-
- १) धन-सम्पत्तिको चाहना र माया मानिसको लागि स्वभाविक कुरा हो। यसलाई जोगाउन र राखि राख्न मानिसले कति प्रयत्न गर्दछ। त्यही लोभ, कन्जुस्याइँ र मालको मायाजालबाट पवित्र पार्न इस्लामले दानलाई अनिवार्य गरेको छ। अल्लाहले भन्नु भएको छ… “हे सन्देष्टा ! तिनीहरुको धन-सम्पत्तिबाट दान लिदै गर र यसद्वारा तिनीहरुलाई शुद्धता र पवित्रता प्रदान गर।” (श्रोत- सूरह अत्-तौबा : ९/१०३)
- २) दानले आपसी मेलमिलाप, माया र स्नेहको भावना उत्पन्न हुन्छ। किनभने मानिसले परोपकारीसित सदभाव देखाउँछ र माया गर्छ। त्यसैले मुस्लिम समाजका हरेक व्यक्ति एउटा बलियो पर्खाल जस्तै आपसमा मिलेर बसेको हुन्छ। यसरी चोरी, डकैती र लुटपाटका घटनाहरु निकै कम हुन्छन्।
- ३) दानले उपासना, अल्लाहप्रति पूर्ण समर्पण र असल मुस्लिमको भूमिका निर्वाह हुन्छ। जुन बेला एउटा धनीले जकात निकाल्छ, उसले अल्लाहको हुकुमलाई कार्यान्वयन गर्छ। यसरी आफ्नो मालिक र दाताको कृतज्ञता ज्ञापन हुन्छ। अल्लाहले भन्नु भएको छ… “यदि तिमीहरु आभार व्यक्त गर्छौ भने म तिमीहरुलाई अझ बढी कृपापात्र बनाउने छु।” (श्रोत- सूरह इब्राहीम : १४/७)
- ४) दानले समाजमा रहेका व्यक्तिहरु बीच सामाजिक संरक्षण र सन्तुलनको भावना सुदृढ हुन्छ। दान दिएपछि धन-सम्पत्ति धनवानहरुको मुठ्ठीमा मात्र सीमित रहदैन, बरु गरीबहरुले पनि फाइदा प्राप्त गर्दछन्। अल्लाहले भन्नु भएको छ… “धन-सम्पत्ति केवल धनवानहरुको हातमा नघुमि रहोस्।” (श्रोत- सूरह अल्-हश्र : ५९/७)

