कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदर्श जीवन र असल आचरणका केही झलकहरु
कुरआन नै उहाँको आचरण हो- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मानव समाजको लागि एउटा अतुलनीय र उच्च स्वभाव प्रस्तुत गर्नु भयो। त्यसैले कुरआनले उहाँको असल व्यवहार र आदर्श जीवनलाई हाम्रो लागि अनिवार्य गरेको छ। उहाँको असल आचरणलाई वर्णन गर्दै उहाँकी श्रीमती आईशा (रजियल्लाहु अन्हा) भन्नु हुन्छ… “कुरआन नै उहाँको आचरण हो।”। अर्थात उहाँको व्यवहारिक जीवन नै कुरआनको पूर्ण व्याख्या र अनुपम शिक्षा हो।
परोपकार र दया-
- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) पुण्यको कार्यमा सधैं अग्रसर हुनुहुन्थ्यो। विशेष गरी रमजान महिनामा जुन बेला जिब्रील (अलैहिस्सलाम) सित भेट्नु हुन्थ्यो। उहाँ जिब्रील (अलैहिस्सलाम) सित रमजानको प्रत्येक राति भेट्नु हुन्थ्यो र उहाँलाई कुरआन सुनाउनु हुन्थ्यो। जुन बेला जिब्रील (अलैहिस्सलाम) भेट्नु हुन्थ्यो त्यस बेला गतिशील हावा भन्दा पनि बढी पुण्य गर्न तल्लीन हुनुहुन्थ्यो।” (श्रोत- बुखारी : १८०३६, मुस्लिम : २३०८)
- उहाँले माग्नेलाई कहिल्यै पनि खाली हात फर्काउनु भएन। उहाँले एक जनालाई दुवै पर्वतको बीचमा रहेका सम्पूर्ण भेंडाबाख्रा दान गर्नु भयो। त्यो व्यक्तिले आफ्नो समुदायमा गएर सबैलाई यसरी इस्लामको निमन्त्रणा दियो… हे मेरा साथीभाइहरु हो ! इस्लाम ग्रहण गर, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) एकदम ठूलो दानी हुनुहुन्छ। कहिल्यै समाप्त न हुने धन-सम्पत्ति दिनुहुन्छ।” (श्रोत- मुस्लिम : २३१२)
- बाहिर कतैबाट ८० हजार दिरहम (सुनको सिक्का) प्राप्त भयो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले त्यसलाई गुन्द्रीमा राखेर केही क्षिणमै माग्नेहरूमा बाँडि दिनु भयो। कुनैपनि माग्नेलाई खाली हात फर्काउनु भएन।” (श्रोत- हाकिम : ५४२३)
- एक जना आएर उहाँसित केही माग्यो। उहाँले भन्नु भयो… “मसँग त अहिले केही पनि छैन, तै पनि तिमी आफ्नो आवश्यक समान मेरो नाममा किन, म पछि चुक्ता गरुँला” यो सुनेर उमर (रजियल्लाहु अन्हु) ले भन्नु भयो… “जुन कुरा तपाईसँग छैन, त्यसलाई गर्नु पर्ने अल्लाहले आदेश दिनु भएको छैन” तर उहाँलाई यो कुरा मन परेन र मगन्तेले भन्यो… “नडराइकन खुब खर्च गर्नुहोस्, सिंहासनमाथि रहेको अल्लाहले बढी दिनु हुनेछ” यो सुनेर रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मुसुक्क हाँस्नु भयो र उहाँको अनुहार खुशीले गदगद भयो।” (श्रोत- अहादीस मुख्तारह : ८८)
- हुनैन युद्ध (गज्वा हुनैन) बाट जब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) फर्कनु भयो, त्यस बेला गाउँले र नयाँ मुस्लिमहरु आएर युद्धबाट बरामद धन-सम्पत्ति माग्न थाले। यथाशीघ्र उनीहरुको ठूलो भेला जम्मा भयो र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) एउटा रुखमा अडेस लिन बाध्य हुनु भयो र उहाँको खास्टो भुइँमा झर्यो। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भीडलाई सम्बोधन गर्दै भन्नु भयो… “मेरो खास्टो देऊ, यदि मसँग यी रुखहरु बराबर सामान भएको भए म त्यसलाई तिमीहरुमा नै बाँडी दिने थिएँ अनि तिमीहरुले मलाई कन्जुस, झूठो र कायर पाउने थिएनौ।” (श्रोत- बुखारी : २९७९)
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जीवनको सम्पूर्ण क्षेत्रहरुमा उच्च आचरण र स्वभावका उत्कृष्ट एवम् अतुलनीय उदाहरणहरु प्रस्तुत गर्नु भएको छ।

