कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
पर्दा (बुर्का)-
अल्लाहले नारीलाई पर्दा गर्ने अथवा आफ्नो शरीरलाई छोप्ने आदेश दिनु भएको छ, किनकि तिनीहरुको शरीरलाई आकर्षक र सुन्दर बनाएको छ, जसले पुरुषलाई प्रलोभनमा पार्न सक्छ।
अल्लाहले विभिन्न उद्देश्यहरुले गर्दा पर्दा अनिवार्य गर्नु भएको छ, तीमध्ये केही यस प्रकार छन्…
- महिलाले पनि मान-मर्यादाका साथ आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा शैक्षिक र व्यवहारिक क्रियाकलापहरुमा केही योगदान पुर्याउन सकून्।
- एकातिर अनैतिक सम्बन्ध, बलात्कार र महिलामाथि हुने हिंसात्मक घटनाहरुबाट समाजलाई पवित्र राख्न सकिन्छ भने अर्कोतिर महिलाको मान-मर्यादालाई जोगाउन सकिन्छ।
- महिलाको हकहितको लागि काम गर्नेहरुलाई यसबाट सहयोग मिल्छ र नारीसँग सभ्य व्यवहार गर्ने अवसर मिल्छ। यसरी उनीहरुसँग भएका ज्ञान, विज्ञान र प्रतिभाबाट समाज सुधार कार्यमा टेवा पुर्याउन सकिन्छ, किनकि उनीहरू यौन तृष्णा मेटाउने र रमाउने कुनै खेलौना होइनन्।
पर्दाको सीमा-
महिलाले पर पुरुषको अगाडि अनुहार र हात बाहेक सम्पूर्ण शरीरलाई छोप्नु पर्दछ। अल्लाहले भन्नु भएको छ… “महिलाहरुले आफ्नो श्रृङ्गारलाई जाहेर नगरुन्, मात्र त्यो बाहेक जो स्वतः जाहेर हुन्छ।” (श्रोत- सूरह अन्नूर : २४/३०-३१)
पर्दा (बुर्का) का केही नियमहरु-
महिलाहरुले जुनसुकै रङ्ग र आकारको बुर्का लगाउन सक्छन्, तर निम्न लिखित शर्तहरु हुनुपर्दछ…
- शरीरका जे जति अङ्गहरु छोप्नु पर्ने हुन्छ त्यसलाई बुर्काले छोप्नु पर्दछ।
- फराकिलो र खुकुलो हुनुपर्दछ, त्यसैले छोटो वा कसिलो कपडा लगाउनु हुँदैन।
- पातलो र अङ्ग देखिने पारदर्शी लुगा लगाउनु हुँदैन।

