कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
ब्रत भङ्ग गर्ने कुराहरु
केही यस्ता कुराहरु छन्, जसले ब्रतलाई भङ्ग गरिदिन्छ, तसर्थ ती कुराहरुबाट जोगिनु अनिवार्य छ। यी निम्न लिखित छन्…
- १) खानपिन गर्नु, अल्लाहले भन्नु भएको छ… “सेतो रेखा कालो रेखाबाट प्रष्ट भएदेखि प्रत:काल (फज्रको अजान) सम्म खानपिन गर, फेरी राति (सूर्यास्त) सम्म ब्रत बस।” (श्रोत- सूरह अल्-बकरह : २/१८७) तर, जसले भूलचुकले खानपिन गर्यो भने उसको ब्रत सही हुनेछ र केही पाप हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “यदि कसैले बिर्सेर खानपिन गर्यो भने केही आपत्ति छैन, उसले आफ्नो ब्रत पूरा गरोस्, किनभने अल्लाहले उसलाई खानपिन गराउनु भएको छ।” (श्रोत- बुखारी : १८३१, मुस्लिम : ११५५)
- २) खानपिनको सट्टामा प्रयोग हुने कुराहरु, जस्तै…
- ग्लुकोज चढाउनु वा तागतको सूई लगाउनु, किनभने यसले शरीरमा शक्ति, नून र खुराकको काम दिन्छ, यो खानपिनको कायममुकाम हुन्छ र यसमाथि त्यही हुकुम लाग्छ।
- बिरामीलाई रगत चढाउनु, किनभने यसले शरीरलाई चाहिने खुराक पूरा गर्दछ।
- हरेक प्रकारको धुम्रपान, किनभने यसले सांसद्वारा शरीरमा बिष फैलयाउँछ।
- ३) सम्भोगपछि, चाहे वीर्य स्खलन होस् वा नहोस्।
- ४) हस्त मैथुन वा कुनै तरिकाले वीर्य स्खलन गर्नु।
तर सपनामा भएको वीर्य स्खलनले ब्रत भङ्ग हुँदैन।
यदि पुरुषलाई आफूमाथि नियन्त्रण गर्ने क्षमता छ भने ब्रतको अवस्थामा पनि श्रीमतीलाई म्वाई खान सकिन्छ।
- ५) जानेर वान्ता गर्नु, यदि आफैंले उल्टी भयो भने ब्रत भङ्ग हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसलाई ब्रतको अवस्थामा वान्ता आयो उसले कजा (पूरा) गर्नु पर्दैन र जसले जानेर वान्ता गर्यो, उसले कजा गर्नु पर्दछ।” (श्रोत- तिर्मिजी : ७२०, अबु-दाऊद :३२८०)
- ६) महिनावारी वा सुत्केरीको रगत निस्कनु, सूर्यास्त हुनु भन्दा अगाडि रगत देखियो भने ब्रत भङ्ग हुन्छ वा दिनको अन्तिम समयमा पवित्र भएको छ त्यस दिनको ब्रत बस्न हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “महिनावरीको अवधिमा महिलाले सलाह पढ्न र ब्रत बस्न हुँदैन।” (श्रोत- बुखारी : १८५०)
तर महिनावारी र सुत्केरी बाहेक कुनै रोगले गर्दा रगत निस्केको छ भने ब्रत बस्नुबाट कुनै बाधा हुँदैन। एउटा पवित्र महिला जसतै प्रत्येक काम गर्नु पर्छ।
