कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
यदि कोही इस्लाम पूर्वदेखि नै ब्याजमा फसेको छ भने उसले के गर्नु पर्छ?
उपर्युक्त कुरालाई दुई भागमा विभाजन गर्न सकिन्छ…
- १- यदि ब्याज लिनु पर्ने थियो भने उसले इस्लाम अपनाउने वित्तिकै साँवा बाहेक अरु केही लिन पाउँदैन। अल्लाहले भन्नु भएको छ… “यदि प्रायश्चित गर्छौ भने तिमीहरुका लागि साँवा छ। न तिमीहरू अत्याचार गर्ने छौ न तिम्रो साथमा नै अन्याय हुनेछ।” (श्रोत- सूरह अल्-बकरह : २/२७९)
- २- यदि आफैं ऋणी छ र उसले नै ब्याज तिर्नु पर्ने हो भने यसलाई दुई तरिकाले हल गर्न सकिन्छ…
- यदि बिना कुनै ठूलो नोक्सान सम्झौता भङ्ग गर्न सक्नु हुन्छ भने त्यसलाई भङ्ग गर्नु अनिवार्य छ।
- यदि सम्झौतालाई भङ्ग गर्न ठूलो नोक्सान बेहोर्नु पर्छ भने आइन्दा यस्तो लेनदेन नगर्ने अठोटका साथ करार बमोजिम पूरा गर्न सक्छ। अल्लाहले भन्नु भएको छ… “जसले अल्लाहको आदेश सुन्ने बित्तिकै प्रायश्चित गर्छ भने त्यसको अघिको मामिला अल्लाहको हातमा छ। तर जो पुनः ब्याजमा होमिन्छ, ऊ नै नरकवासी हो, जहाँ सदा-सदा नरकको पीडा भोग्नु पर्नेछ।” (श्रोत- सूरह अल्-बकरह : २/२७५)
- के तपाई ब्याजको कारोबार गर्नुहुन्छ ?
- हो- => साँवा बाहेक ब्याज लिनु हुँदैन।
- होइन- => होइन… यदि तपाईले नै ब्याज तिर्नु पर्ने हो भने के बिना ठूलो नोक्सान सम्झौता भङ्ग गर्न सक्नु हुन्छ ?
- हो- => यदि सक्नु हुन्छ भने तपाईले करार अनिवार्य रुपमा भङ्ग गर्नु पर्छ र तपाईमाथि कुनै पाप छैन।
- होइन- => होइन… यदि सक्नु हुन्न वा ठूलो मार्का पर्नेछ भने आइन्दा यस्तो कारोबार नगर्ने अठोटका साथ सम्झौता पूरा गर्न सकिन्छ।

