कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
यात्रीको सलाह
- यात्रीले यात्रा तथा छोटो विश्रामको बेला जो चार दिन भन्दा कम नहोस्, कसर सलाह पढ्नु सुन्न्त हो। कसर भनेको चार रकातको ठाउँमा मात्र दुई रकात पढ्नु पर्दछ, जस्तै… जुहर, अस्र र ईशाको सलाहलाई मात्र दुई रकात पढ्नु। तर यदि कुनै मुकीम (स्थानीय) इमामको पछाडि सलाह पढिरहेको छ भने इमामको अनुसरणमा पूरा चार रकात पढ्नु पर्दछ।
- सुन्नत सलाहहरु माफ गरिएका छन्, तर फज्र र वित्रकोको सुन्नत पढ्नु पर्दछ।
- यात्रीको सहजताको लागि दुई समयको सलाहलाई एकै समयमा पढ्न जायज गरिएको छ, जस्तै… जुहर र अस्रलाई जुहर वा अस्रको समयमा तथा मग्रिब र ईशालाई मग्रिबकै समयमा वा ढिलो गरी ईशाको समयमा पढ्न सकिन्छ।

