यदि काफिर दम्पती एकै साथ इस्लाम स्वीकार गर्छन् भने नयाँ विवाह (निकाह) गर्नु पर्दैन, बरु पुरानो सम्बन्धलाई सुमधुर पार्नु पर्छ। तर कसैले महरम जस्तै… आफ्नै आमा वा दिदीबहिनी वा फुपू वा सानीमासँग विवाह गरेको छ भने अनिवार्य रुपमा सम्बन्ध विच्छेद गर्नु पर्छ। (यस बारे अधिक जानकारीको लागि पृष्ठ न० १९० हेर्नुहोस्)

तर श्रीमतीले इस्लाम ग्रहण गरिन् र श्रीमानले  गरेनन्-

श्रीमतीको इस्लामले दम्पतीको सम्बन्ध नियमितबाट अनियमितमा परिणत हुन्छ र श्रीमतीले निम्न कुरामा ध्यान दिनु पर्छ…

  • श्रीमतीले श्रीमानलाई इस्लाममा ल्याउने सक्दो प्रयास र उसको इस्लामको प्रतिक्षा गर्नु पर्छ। यदि श्रीमानले इस्लाम ग्रहण गर्छ भने पुरानो विवाह नै पर्याप्त हुन्छ, तर यी अवधिमा इस्लाम ग्रहण नगरुन्जेल श्रीमानलाई  सर्वस्व सुम्पिनु मिल्दैन। 
  • यदि श्रीमानको इस्लाममा आउने आशा नै निराशामा परिणत हुन्छ भने सम्वन्ध विच्छेद गरेर अर्को नयाँ जीवनको शुरुवात गर्न सकिन्छ।

उपर्युक्त दुवै अवस्थामा काफिर श्रीमानलाई इस्लाम ग्रहण नगरुन्जेल शारीरिक सम्बन्धको लागि सर्वस्व सुम्पिनु मिल्दैन। अल्लाहले भन्नु भएको छ… “यदि उनीहरु (नयाँ मुस्लिम स्त्रीहरु) साँच्चिकै अल्लाहमाथि विश्वास गर्छन् भने उनीहरुलाई काफिरतर्फ नफर्काऊ, किनभने न त उनीहरु काफिरहरुकालागि वैध छन्, न काफिरहरु नै मुस्लिम स्त्रीहरुका लागि वैध हुने छन्।” (श्रोत- सूरह अल्-मुम्ताहिना : ६०/१०)    

त्यसो भए, मुस्लिम स्त्रीले इस्लाम ग्रहण गरेको दिनदेखि निम्न कुराहरु गर्नु पर्छ…

  1. १) स्त्रीले इस्लाम ग्रहण गरेको दिनदेखि नै श्रीमानलाई इस्लाममा ल्याउने सक्दो सम्पूर्ण प्रयास गर्नु पर्छ।
  2. २) यदि श्रीमानले इस्लाम ग्रहण गर्दैनन् र आशा नै निराशामा परिणत हुन्छ भने सम्वन्ध विच्छेद गरेर अर्को नयाँ जीवनको शुरुवात गर्नु पर्छ।
  3. ३) छोडपत्र गराउन जति समय लाग्छ, त्यो अवधिमा उसको पुरानो विवाह कायमै छ। यदि कारवाही गर्दा गर्दै अन्तिम घडीमा पनि श्रीमानले इस्लाम ग्रहण गर्छ भने नयाँ निकाह गर्नु पर्दैन, यी दुवै श्रीमान र श्रीमती हुन्। छोडपत्रको कारवाही समाप्त हुने बित्तिकै दुवैको सम्बन्ध पनि समाप्त हुन्छ।
  4. ४) छोडपत्रको कारवाही समाप्त नहुन्जेल श्रीमानको घरमा बस्नु जायज छ, तर काफिर श्रीमानलाई इस्लाम ग्रहण नगरुन्जेल सर्वस्व सुम्पिनु मिल्दैन।