यस्तो अवस्थामा श्रीमतीको धर्ममाथि ध्यान दिनु पर्छ… श्रीमती अहले-किताब (यहूदी वा क्रिस्चियन) हुन् वा अहले-किताब बाहेक जस्तै हिन्दू, बौद्ध वा धर्म नमान्ने नास्तिक हुन्…
- १) यहूदी वा क्रिस्चियन श्रीमती-
यदि श्रीमानले इस्लाम ग्रहण गर्यो, तर यहूदी वा क्रिस्चियन श्रीमतीले इस्लाम ग्रहण गर्न मानिनन् भने सम्बन्ध विच्छेद गर्नु पर्दैन, बरु त्यसै सम्बन्धलाई निरन्तरता दिनु पर्छ, किनभने अल्लाहले यहूदी वा क्रिस्चियन स्त्रीहरुसँग विवाह गर्न जायज गर्नु भएको छ।
अल्लाहले भन्नु भएको छ… “आज तिमीहरूकालागि पवित्र चिजहरु वैध (हलाल) गरिएका छन्, अहले-किताबको भोजन तिम्रा लागि र तिम्रा भोजन उनीहरुका लागि वैध (हलाल) गरिएको छ। त्यसैगरी चरित्रवान मुस्लिम स्त्रीहरु र चरित्रवान अहले-किताब स्त्रीहरु तिम्रा लागि वैध (हलाल) गरिएका छन्।” (श्रोत- सूरह अल्-माइदा : ५/५)
तर श्रीमानले आफ्नो कर्तब्य निभाउनु पर्छ र जसरी भए पनि श्रीमतीलाई इस्लाममा ल्याउने प्रयास गर्नु पर्छ।
- २) अहले-किताब बाहेकका श्रीमती-
यदि श्रीमानले इस्लाम ग्रहण गर्यो, तर हिन्दू, बौद्ध वा अन्य धर्मसँग सम्बन्धित श्रीमतीले इस्लाम ग्रहण गर्न मानिनन् भने निम्न कुराहरुमाथि ध्यान दिनु पर्छ…
यस्तो अवस्थामा सम्बन्ध विच्छेदित स्त्रीको म्याद बराबर प्रतिक्षा गर्नु पर्छ, जुन अगाडि पट्टिको तालिकामा प्रस्तुत गरिएको छ।
- यदि यो अवधिमा इस्लाम ग्रहण गर्छिन् भने पुनः विवाह (निकाह) गर्नु पर्दैन।
- यदि यो अवधिमा इस्लाम ग्रहण गरिनन् भने आफैं सम्बन्ध विच्छेद हुन जान्छ।
सम्बन्ध विच्छेदपछि इस्लाम ग्रहण गर्छिन् भने पुनः विवाह गर्न सकिन्छ। अल्लाहले भन्नु भएको छ… “तिमीहरु काफिर स्त्रीहरुलाई वैवाहिक बन्धनमा नराख।” (श्रोत- सूरह अल्-मुम्ताहिना : ६०/१०)
| सम्बन्ध विच्छेदित महिलाको इद्दत (म्याद)- | |
| विवाहपछि शारीरिक सम्बन्ध कायम नगरिएको महिलाको इद्दत, विवाह (निकाह) पछि शारीरिक सम्बन्ध कायम हुनु पूर्व तलाक भयो वा श्रीमानले इस्लाम स्वीकार गर्यो भने सम्बन्ध विच्छेद हुन्छ र यसको लागि इद्दत (म्याद) पूरा गर्नु पर्दैन। अल्लाहले भन्नु भएको छ… “हे आस्थावानहरु हो ! जब तिमीहरु आस्थावान स्त्रीहरुसँग विवाह गर्छौ र उनीहरूसित शारीरिक सम्बन्ध राख्नु अघि नै तलाक दिन्छौ भने उनीहरुले कुनै इद्दत (म्याद) पूरा गर्नु पर्दैनन्।” (श्रोत- सूरह अल्-अह्जाब : ३३/ ४९) | |
| गर्भवती महिलाको इद्दत (म्याद), बच्चा जन्मिनुले पूरा हुन्छ, चाहे त्यो अवधि लामो होस् वा छोटो। अल्लाहले भन्नु भएको छ… “गर्भवती महिलाको इद्दत (म्याद) तिनीहरुको गर्भको शिशुको जन्ममा निहित छ।” (श्रोत- सूरह अत्-तलाक : ६५/४) | |
| महिनावारी हुने महिलाको इद्दत (म्याद), श्रीमानसँगको छोडपत्र वा श्रीमानको इस्लामपछि तीन पटक महिनावारी हुनु सम्म हो। तेस्रो पल्टको महिनावारीबाट नुहाएर पवित्र भईसकेपछि इद्दत (म्याद) समाप्त हुन्छ। अल्लाहले भन्नु भएको छ… “तलाक (पारपाचुके) पाएकी स्त्रीहरु तीन पटक रजस्वला नभएसम्म आफूलाई रोकी राखुन्।” (श्रोत- सूरह अल्-बकरह : २/२२८) | |
| महिनावारी नहुने महिलाको इद्दत (म्याद)… कलिलो उमेर, बुढेसकाल वा रोगले गर्दा रजस्वला हुँदैन भने तलाक (पारपाचुके) वा श्रीमानको इस्लामदेखि तीन महिना इद्दत (म्याद) हुन्छ। अल्लाहले भन्नु भएको छ… “रजस्वलाबाट निराश भइसकेकी स्त्रीहरुको सम्बन्धमा यदि तिमीहरुलाई कुनै शंका छ भने तिनीहरुका लागि इद्दत (म्याद) तीन महिना तोकिएको छ र रजस्वला शुरु नभएकी स्त्रीहरुका लागि पनि यही आदेश हो (श्रोत- सूरह अत्-तलाक : ६५/४) | |
श्रीमतीले इस्लाम ग्रहण गरिनन् भने…
- के उनी अहले-किताब (यहूदी वा क्रिस्चियन) हुन् ?
- हो => त्यसो भए केही पनि गर्नु पर्दैन, बरु पुरानो विवाह नै पर्याप्त छ। तर श्रीमानले श्रीमतीलाई इस्लामको निरन्तर आह्वान गर्नु पर्छ।
- होइन => होइन… यदि उनी हिन्दू, बौद्ध वा अन्य धर्मसँग सम्बन्धित छिन् भने इस्लामको आह्वान गर्नु पर्छ र माथि उल्लेखित इद्दत अनुसार प्रतिक्षा गर्नु पर्छ ?
- हो => इस्लाम ग्रहण गर्छिन् भने केही पनि गर्नु पर्दैन, बरु पुरानो विवाह नै पर्याप्त छ।
- होइन => होइन… इद्दत समाप्त भयो, तर इस्लाम ग्रहण गरिनन् भने आफैं सम्बन्ध विच्छेद हुन जान्छ। सम्बन्ध विच्छेदपछि इस्लाम ग्रहण गर्छिन् भने पुनः विवाह गर्न सकिन्छ।
