कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
सज्दा सहु-
सलाहमा हुन गएको त्रुटीहरुलाई पूरा गर्न अल्लाहले यी दुई सज्दाहरु गर्न आदेश दिनु भएको छ।
सज्दा सहु कुन बेला गर्नु पर्छ?
निम्न लिखित अवस्थामा सज्दा सहु गर्नु पर्दछ-
- १. यदि बिर्सेर रुकू, सज्दा, कियाम वा तशह्हुद मध्ये केही बढी गर्यो भने सज्दा सहु गर्नु पर्दछ।
- २. यदि आधार छोड्यो भने पहिले त्यसलाई पूरा गर्नु पर्छ र सलाहको अन्तमा सज्दा सहु गर्नु पर्दछ।
- ३. यदि कुनै अनिवार्य जस्तै- प्रथम तशह्हुद छोड्यो भने सज्दा सहु गर्नु नै पर्याप्त हुन्छ।
- ४. यदि रकातको संख्यामा शंका भयो भने कमलाई आधार मान्नु पर्छ र सज्दा सहु गर्नु पर्दछ।
सज्दा सहुको तरिका- जसरी सलाहमा दुई पटक सज्दा गर्नु पर्दछ र दुवै सज्दाहरुको बीचमा अलिकति बस्नु पर्दछ, सज्दा सहु पनि त्यसरी नै गर्नु पर्दछ।
सज्दा सहुको समय- यसका दुईवटा समयहरु छन्।जुन बेला गरे पनि हुन्छ-
- सलाम पूर्व- अन्तिम रकातमा सलाम फेर्नु पूर्व सज्दा सहु गर्नु र त्यसपछि सलाम फेर्नु।
- सलामपछि- सलाम फेरिसकेपछि सज्दा सहु गर्नु र पुनः सलाम फेर्नु।
