सलाहका आधार र अनिवार्य कुराहरु

सलाहका आधारहरु, यी सलाहका महत्वपूर्ण आधारहरु हुन्, जानेर वा बिर्सेर छोड्यो भने सलाह भङ्ग हुन्छ।

यी निम्न छन्-

तक्बीर तहरीमा, कियाम, सूरह फातिहा पढ्नु, रुकू गर्नु, रुकूपछि उभिनु, सज्दा, दुवै सज्दाहरुको बीचमा बस्नु, अन्तिम तशह्हुदमा बस्नु, बिस्तारै-बिस्तारै सलाह पढ्नु र सलाम फेर्नु।

सलाहका अनिवार्य, यी सलाहका अनिवार्य कुराहरू हुन्, जानी-जानी छोड्यो भने सलाह भङ्ग हुन्छ, तर बिर्सेर वा चाल नपाईकन छुट्यो भने सलाहमा कमी हुन्छ, जसलाई सज्दा सहु गरेर पूरा गर्न सकिन्छ।

सलाहका वाजिबहरु निम्न छन्-

तक्बीर तहरीमा बाहेक सम्पूर्ण तक्बीरहरु, ‘सुब्हान रब्बियल्-अजीम’ एक चोटि भन्नु, इमाम र मुन्फरिदले ‘समिअल्लाहु लिमन् हमिदह’ भन्नु, सम्पूर्ण व्यक्तिहरुले ‘रब्बना व लकल्-हम्द’ भन्नु, सज्दामा ‘सुब्हान रब्बियल्-आ’ला’ एक चोटि भन्नु, दुवै सज्दाहरुको बीचमा ‘रब्बिग फिर्ली’ एक चोटि भन्नु र प्रथम तशह्हुद। यी वाजिबहरुमध्ये कुनै पनि वाजिब छोड्यो भने सज्दा सहुले त्यो त्रुटीलाई पूरा गर्न सकिन्छ।

सलाहका सुन्नतहरु, उपर्युक्त सलाहका आधार र अनिवार्य बाहेकका कुराहरु। यी सलाहका पूरकहरु हुन्। यीमध्ये केही छोड्यो भने सलाह भङ्ग हुँदैन।