कृपया दान गरेर हाम्रो कामलाई निरन्तरता दिन र विकास गर्न मद्दत गर्नुहोस्। अल्लाहले तपाईँलाई इनाम दिनुहोस्।
होटल र दोकानहरुमा पाइने मासुको आदेश…
- १) गैर-मुस्लिम र गैर अहले-किताबले जबह गरेको छ, जस्तै… हिन्दू, बौद्ध र नास्तिक। त्यो अवैध छ, खानु हुँदैन। त्यसैगरी जुन मुलुकहरुमा गैर-मुस्लिमहरुको बाहुल्यता छ, त्यहाँका होटल र मासु पसलहरुका मासु वैध (हलाल) प्रमाणित नहुन्जेल अवैध छ, त्यसलाई खानु हुँदैन।
- २) मुस्लिम वा अहले-किताबले वैधानिक तरिकाले जबह गरेको छ भने सर्व सम्मतिद्वारा वैध (हलाल) छ।
- ३) मुस्लिम वा अहले-किताबले अवैधानिक तरिकाले जबह गरेको छ, जस्तै… बिजुलीको करेन्ट वा पानीमा मारेको छ भने त्यो पूर्ण रुपमा अवैध छ।
- ४) अहले-किताबले जबह गरेको छ, तर उसलाई जबह गर्ने तरिका थाहा छैन, त्यसैगरी उनीहरुको होटलमा पाउने मासु छ भने बिस्मिल्लाह भनेर खान सकिन्छ, तर वैध (हलाल) मासु भएको होटल खोज्नु नै बेस हो।
